भोलिबाट ‘किबोर्ड’ आउँदै
काठमाडौं । बहुप्रतिक्षित लघु चलचित्र ‘किबोर्ड’ भोलि सार्वजनिक हुने भएको छ । बालसाहित्यकार विजयराज आचार्यद्वारा लिखित कथामा आधारित उक्त लघु चलचित्र आज शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिने भएको जानकारी क्रियटिभ सेन्टर नेपाल प्रा.लि.ले दिएको छ ।
क्रियटिभ सेन्टर नेपालको पहिलो प्रस्तुतिको रुपमा उक्त लघु चलचित्र आउने भएको हो । आचार्य गोपालले निर्देशन गरेको उक्त लघु चलचित्रको निर्माता सन्देश आचार्य तथा सह–निर्माता कौशल कुमार भट्टराई रहेका छन् ।
बालकथा ‘किबोर्ड’ को कथाबस्तुमा केही परिमार्जन गरी विद्यार्थीलाई लक्षित गरी उक्त चलचित्र बनाइएको निर्देशक आचार्य गोपालले जानकारी दिएका छनु । आधा घण्टाको सो चलचित्रमा पारिवारिक अवस्था तथा बाल मनोविज्ञानलाई प्रस्तुत गरिएको निर्देशक आचार्य गोपालले जानकारी दिएका छन् । सो चलचित्रमा बाल गायकका रुपमा ख्याति कमाएका सुप्रिम मल्लको स्वरमा गीत समेत रहेको छ । उक्त गीत पनि म्युजिक भिडियोको रुपमा चाँडै नै बजारमा आउने तयारी भएको संगीतकार टेकेन्द्र नेपालीले जानकारी दिएका छन् । होम नेउपानेद्वारा लिखित उक्त गीत युट्युबमा राख्ने तयारी भैरहेको प्रा.लि.का अध्यक्ष कौशल कुमार भट्टराईले जानकारी दिए ।
प्रतिनिधिसभाका सांसद तथा काठमाडौं महानगरपालिकाका उपप्रमुखको आतिथ्यतामा हुने उक्त कार्यक्रममा सहभागिताका लागि खासगरी विभिन्न विद्यालय÷कलेजका प्राचार्यहरुलाई आयोजकले आग्रह गरेका छन् ।
यसैबीच ‘किबोर्ड’ का लेखक तथा साहित्यकार विजयराज आचार्यको नयाँ कृति ‘स्वर्गमा मोबाइल’ को विमोचन पनि गरिने भएको छ । बाल साहित्यमा कलम चलाउँदै आएका आचार्यको हालसम्म एक २० वटा कृति प्रकाशित भैसकेका छन् । बालबालिकाको कथाबस्तुलाई आफ्नो कृतिको विषयबस्तु बनाउँदै आएका आचार्यले आफ्नो कृति ‘किबोर्ड’ पहिलो पटक चलचित्रको रुपमा आउने भएकोमा प्रसन्नता प्रकट गरेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





