क्यास नबोक्नु मेरो गल्ती हो र ?

२०८० माघ १३ गते, शनिबार

केशब सापकोटा

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै भैरब अर्यालको ‘जय भोली’ जस्तो ‘भोली भोली’ भन्दै हिँडिरहेको थिए । समस्या परेपछि मात्र चेत खुल्ने मेरो बानी ! सायद ट्राफिक प्रहरीको फन्दामा नपरेर होला १ भोली जान्छु भन्दाभन्दै ४ महिना कटेको पत्तै भएन ।

मंगलबार भने कार्यालय निस्कने वित्तिकै सबैभन्दा पहिले यातायात व्यवस्था कार्यालय गौरिघाट गएँ । लाइसेन्स रिन्यू गर्ने स्थानमा अन्य समयको भन्दा भिड थिएन । भर्खर १० बजेकोले होला ।

कोठा नं। ३ मा गएर सोधे–‘लाइसेन्स रिन्यू गर्नुपर्ने थियो ।’
कार्यालयका कर्मचारीले पहिले २ नम्बर कोठामा लाइसेन्स र नागरिकताको सक्कल सहित जानु भने । २, जना पछि पालो आइहाल्यो । कर्मचारीले लाइसेन्स नम्बर कम्प्युटरमा इन्ट्री गर्दै एउटा प्रिन्ट निकालेर मलाई दिँदै फेरी ३ नम्बर कोठामा जानु भन्यो । पहिले नै ३ नम्बर कोठामा गएको फेरी गए । हाकिम साब हिटर ताप्दै बस्नु भएको रहेछ । मैले लाइसेन्स र प्रिन्ट गरेको पेपर दिँदै भने, ‘सर, २ नं।बाट पठाइदिनु भएको ।’
उहाँले लाइसेन्स हेरेर त्यसको नम्बर कम्प्युटरमा इन्ट्री गर्दै आठ नम्बर कोठामा जान भन्नु भो ।

आठ नम्बर कोठा मेडिकल जाँच गर्ने ठाउँ रहेछ । ५० रुपैंयाको रसिद काटेर लाइन बसे । ४, ५ जना पछि पालो आईहाल्यो । बाहिरबाटै एउटा आँखा छोपेर ७ देखि १० फिटको दुरीबाट अङ्ग्रेजी सिम्बोलहरु हेर्न लगाइयो । सबै मिलाए । त्यसपछि कोठाभित्र गएर केही अंकहरु पढें । सबै मिलेपछि कम्प्युटरमा इन्ट्री गर्नुपर्दो रहेछ । तर, मेरो रेकर्ड त्यहाँको कम्प्युटरले देखाएर । ‘तपाईंको रेकर्ड देखाएन, ३ नम्बरमा जानुस’ त्यहाँ कार्यरत पुरुष कर्मचारीले भने ।
‘सर, भर्खर त्यहीँ बाट आएको’ मैले भने ।
मेरो रेकर्ड नदेखिएकोले पुनः ३ नम्बरमा चेक गरेर इन्ट्री गराएर आउनु भन्नु भो ।
मनमा चिसो पस्यो मेरो, केही दिन अगाडी मात्रै यातायात व्यवस्था कार्यालयबाट मिलेमतोमा १ लाख नक्कली लाइसेन्स निकालिएको समाचार प्रकाशित भएको थियो । कतै मेरो लाइसेन्स पनि नक्कली भनेर छानविनमा त परेन १ त, मैले त बक्काइदा लाइसेन्स परीक्षा पास गरेको थिए । त्यसको भिडियो पनि हेर्न पाइन्छ भन्ने थियो । त्यसकारण मनको चिसो मेटाउँदै फेरी ३ नं। कोठाकै हाकिमकोमा गएँ ।

‘सर, ८ नम्बरबाट फेरी यहीँ पठाउनु भयो ।’ हाकिमका अगाडी पर्दै मैले भने । उहाँले नागरिकता देखाउनुस भन्नुभयो । तर, मैले नागरिकता बोकेको थिइन् । ‘सर, अफिस हिँडेको नागरिकता बोकेकै छैन के गर्ने होला १’ मैले आफ्नो समस्या भने ।
‘नागरिकता चाहिन्छ ।’ उहाँले भन्नु भयो ।
‘अरु कार्ड मतदाता परिचयपत्र, प्यान कार्ड छ रु’ हाकिमसावले भन्नु भयो ।
हतारहतार पर्स खोतल्दै मतदाता परिचयपत्र देखाएँ । उहाँले सायद, नागरिकता नम्बर होला इन्ट्री गर्नुभयो होला । ‘ल ८ नम्बरमै जानुस’ साइन गर्दै भने ।
‘हस् धन्यवाद सर’ भन्दै हतारहतार ८ नं। कोठातिर कुदे ।

एक जना सेवाग्राहीको इन्ट्रि हुँदै गर्दा मेरो पालो आइहाल्यो । तर, अकस्मात कार्यालय पोशाकमै बुढानिलकण्ठ नगरपालिकामा काम गर्ने २ जना ।९महिला पुरुष० कर्मचारी आइपुगे । पुरुष कर्मचारीले मलाई ठेल्दै मेडिकलका कर्मचारीसँग कुरा गर्दै ‘म्याडमको भयो ल सर, यो गर्दिनुस त’ भन्दै भने–‘उहाँ पक्काको मान्छे हो, पछि बच्चाबच्चीलाई भ्याक्सिन लगाई माग्न सजिलो हुन्छ । मैले भनेको थिएन नी सर, उहाँको हुन्छ भनेर ।’ यस्तै कुरा गरे । ती कर्मचारीले मेरो काम गर्नुको सट्टा ती महिला कर्मचारीसँग मुस्काउँदै उनको काम अगाडी गरे ।

उसको पछि मेरै पालो आउने हो भन्दै खासै प्रतिवाद गरिन । तर, काम भइसकेपछि पनि गफमा अल्झिइरहेको देख्दा चैं रिस उठेको थियो । रिस खाइ आफु बुद्धि खाई अरु भन्थे । मौन नै बसे । ४ मिनेट तिर मेरो कागजात समाएर इन्ट्री गरिदिँदै अब ७ कि ४ नम्बर भने अहिले विर्सिए, त्यहाँ जानु भने ।
राजश्व तिर्ने ठाउँ रहेछ । एकजना महिला कर्मचारी रहिछिन्, झ्यालबाटै लाइसेन्स र कागज दिए ।
कम्प्युटरमा इन्ट्री गर्दै भनिन् ‘चार हजार’
‘हँ, चार हजार कसरी ?’ मैले सोधे ।
‘तपाईंको रिन्यू फेल छ, डबल जरिवाना पर्यो ।’ म लाचार भएँ ।

समस्या यहाँनिर आइपर्यो । म सँग २ हजार, २५ सय जति क्यास थियो । ‘क्यास पूग्दैन, क्यूआर दिनुन’ मैले भने । म प्रायः पैसाको कारोबार मोवाइल बैकिङ, अनलाइन, एटिएम वा क्यूआरबाट गर्छु । क्यास कमै बोक्छु । जान्ने भएर होकी के यसले कहिले काँही यस्तै समस्यामा पर्छु ।

‘क्यूआरबाट लिन मिल्दैन । क्यासै चाहिन्छ । क्यास नबोकी किन आएको ?’ कर्मचारीले भनिन् । ‘ला.. मसँग क्यासै पुगेन यता एटिएम होला ?’ मैले सोधे ।
‘एटिएम छैन तपाई तल जानुस त्यहाँ पसल (विचौलिया)हरुमा ट्रान्सफर गरिदिनु उनीहरुले क्यास दिन्छन् ।’ उनले सुझाइन् ।

हतार हतार यातायात कार्यालय भवनकै भित्रपट्टी लाइनै रहेका काउन्टर जस्ता (विचौलियाका अखडा) कहाँ गए । ‘कति चाहिने ? एउटा काउन्टरमा पैसा ट्रान्सफर हुन्छ भनेर सोध्दै गर्दा युवतीबाट जवाफ पाँए ।
‘दुई हजार, चार्ज २ सय लाग्छ ।’ जवाफ आयो ।

‘वाफ रे २ हजार ट्रान्सफर गर्दा २ सय यो त अत्ति भएन १ ८ रुपैंयाको काम हो’ त्यो पनि मेरै एकाउन्टबाट काट्छ १’ आश्चर्य लाग्दै प्रश्न गरे ।

२ सय दिएमात्र काम गरिदिने भन्दै ती युवतीले जवाफ फर्काइन् । नजिक एटीएम थिएन, मलाई हतार थियो । बाध्यतामा परें । आफ्नो एकाउन्टबाट उसको एकाउन्समा २ हजार हालिदिए । २ सय क्यास दिए । युवतीले २ वटा हजारका नोट थमाइन् । पैसा लिँदै गर्दा ‘लूटतन्त्र नै रहेछ नी’ भन्न मन लाग्याथ्यो । तर, बोली फुस्किएन ।

दगुर्दै राजश्व तिर्ने झ्यालतिर गएँ । ४ हजार दिएपछि पैसा बुझाएको रसिद पाइयो । तपाईको काम सकियो, ‘अब कहाँ जाने ? भनेर प्रश्न गर्दा उत्तर पाएँ ।
‘लाइसेन्स लिन कहिले आउनु ?’ सोधें ।
‘एक वर्षपछि’ मतिर नहेरी जवाफ दिइन् । सोधिहालें, ‘त्यतिञ्जेल के गर्ने ?’

पुरानो लाइसेन्स बोक्ने, ट्राफिकले माग्दा पुरानो लाइसेन्स र यो रसिद देखाउने ।’ उनको रेडिमेड जवाफ आयो । लाइसेन्स रिन्यू गर्न आउने हरेकलाई उनले दिने जवाफ त्यही रहेछ ।

सेटिङमा लाइसेन्स बाँडेको समाचारको एक दुई दिनमा यातायात व्यवस्था कार्यालयमा लाखौं लाइसेन्स आएको समाचार पनि पढेको थिएँ । मैले आज मात्रै रिन्यू गरेकाले त्यस भित्र मेरो लाइसेन्स पर्ने कुरा त भएन ।

यातायात व्यवस्था कार्यालयको गेटबाट बाहिरिँदै गर्दा एउटाले भन्यो ‘दाई लाइसेन्स अर्जेन्ट चाहिने हो भने काम गरिदिन्छु !’ मैले भने, ‘भो भाई पर्दैन, म कुरेरै लिउँला ।’

मेरो गल्ती, या अपराध !
समयमै लाइसेन्स रिन्यू गर्नुपर्छ भन्ने चेत हुँदाहुँदै लाइसेन्स रिन्यू नगर्दा डबल फाइनमा पर्नु ।
केही सरकारी तथा अधिकांश नीजि कार्यालय र व्यवसायमा क्यासलेस (कार्ड, अनलाइन) बाट कारोबार हुन्छ यातायातमा पनि होला भन्ठानेर क्यास पैसा नलिइकन जानु ।

यातायात व्यवस्था कार्यालयको गल्ती या कमजोरी
क्यासलेस (क्यूआर, एटिएम, अनलाइन) सेवा सञ्चालन नगर्नु ।
कार्यालय परिसरमै विचौलियालाई ठाउँ दिनु ।

सरकारले जनतालाई सवर्सुलभ सेवा प्रदान गर्ने होभने, प्रविधि मैत्री हुनुपर्ने हो । तर, नेपालका अधिकांश सरकारी निकाय जानीजानी सेवाग्राही नबनाइएको हो । हरेक सरकारी निकायले लिने राजश्व अनलाइन बैकिङ प्रणालीबाट डाइरेक्ट सरकारी खातामै जम्मा गर्ने व्यवस्था गर्न कुनै ठूलो कार्य हैन । तर, यसो गर्दा त्यहाँका हाकिम र कर्मचारीहरूले विचौलियाबाट दैनिक पाउने खान्की गुम्दो चैं रहेछ । नत्र, हरेक नीजि कार्यालयहरू अनलाइन सिस्टममा गइसक्दा यातायात व्यवस्था कार्यालयलाई चाहीँ केले रोकिरहेको हो ?

पछिल्लो समय क्यासलेस सिस्टम हरेक क्षेत्रमा पुगिसक्यो । नीजि कार्यालयहरूदेखि ठूल्ठूला सपिङ मलसम्म क्यासलेस छ । तरकारी किन्न जाँदा होस् वा लुगाकपडा किन्न जाँदा मोवाइल, एटिएमबाटै भुक्तानी गर्न सकिन्छ । यहाँसम्मकी सैलुनमा, सार्वजनिक शौचालयमा समेत क्यूआरबाट पैसा तिर्न सकिन्छ ।

क्यासलेसको अर्को फाइदा तपाइले कुनै पनि सेवा र वस्तुको जति मुल्य हुन्छ त्यत्ति नै दिन सक्नुहुन्छ । उदाहरणका लागि १२०.५० पैसाको सामान किन्नु भयो भने तपाईले मोवाइल बैकिङ वा कार्ड स्वाएपबाट त्यत्ति नै पैसा तिर्न सक्नुहुन्छ ।

तर, नगद कारोबार गर्दा १२०.५० पैसा दिन सकिन्न । आजभोली ५० पैसा हैन ५ रूपैंया भन्दा तलको नोट नै पाइन्न । यस्तोमा तपाईले कि १२० मा सामान वा सेवा पाउनु पर्यो या तपाईले ५ रूपैंया बढि तिर्नुपर्यो । अँ, किराना पसलमा चकलेट छ भने २, ४ वटा पाउनु हुन्छ १२५ रूपैंया तिरेपछि । भन्नेले जावो ५, १० रूपैंयाको कुरा भन्लान् तर, हरेक सेवाग्राहीबाट ५, १० रूपैंया बढी लिएकाहरूलाई भ्रष्टाचार गर्न हामीले नै पो प्रोत्साहन गरिरहेका छौं कि ।

जनतालाई सहज रूपमा डेलिभरी दिने क्षेत्रलाई प्रविधिमैत्री बनाउँदा शुशासन कायम हुन्छ । विचौलिया हट्छन् । राज्यप्रति, सरकारप्रति नागरिकको विस्वास बढ्छ । यति कुरा पनि राज्य चलाउनेहरूका मस्तिष्कमा किन नघुसेको होला । यो चेत यातायात व्यवस्था कार्यालयमा मात्र हैन राज्यका हरेक निकायमा कहिले पुग्ला ।

88 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal