भोलिबाट ‘किबोर्ड’ आउँदै

२०८० माघ ११ गते, बिहीबार

काठमाडौं । बहुप्रतिक्षित लघु चलचित्र ‘किबोर्ड’ भोलि सार्वजनिक हुने भएको छ । बालसाहित्यकार विजयराज आचार्यद्वारा लिखित कथामा आधारित उक्त लघु चलचित्र आज शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरिने भएको जानकारी क्रियटिभ सेन्टर नेपाल प्रा.लि.ले दिएको छ ।

क्रियटिभ सेन्टर नेपालको पहिलो प्रस्तुतिको रुपमा उक्त लघु चलचित्र आउने भएको हो । आचार्य गोपालले निर्देशन गरेको उक्त लघु चलचित्रको निर्माता सन्देश आचार्य तथा सह–निर्माता कौशल कुमार भट्टराई रहेका छन् ।
बालकथा ‘किबोर्ड’ को कथाबस्तुमा केही परिमार्जन गरी विद्यार्थीलाई लक्षित गरी उक्त चलचित्र बनाइएको निर्देशक आचार्य गोपालले जानकारी दिएका छनु । आधा घण्टाको सो चलचित्रमा पारिवारिक अवस्था तथा बाल मनोविज्ञानलाई प्रस्तुत गरिएको निर्देशक आचार्य गोपालले जानकारी दिएका छन् । सो चलचित्रमा बाल गायकका रुपमा ख्याति कमाएका सुप्रिम मल्लको स्वरमा गीत समेत रहेको छ । उक्त गीत पनि म्युजिक भिडियोको रुपमा चाँडै नै बजारमा आउने तयारी भएको संगीतकार टेकेन्द्र नेपालीले जानकारी दिएका छन् । होम नेउपानेद्वारा लिखित उक्त गीत युट्युबमा राख्ने तयारी भैरहेको प्रा.लि.का अध्यक्ष कौशल कुमार भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभाका सांसद तथा काठमाडौं महानगरपालिकाका उपप्रमुखको आतिथ्यतामा हुने उक्त कार्यक्रममा सहभागिताका लागि खासगरी विभिन्न विद्यालय÷कलेजका प्राचार्यहरुलाई आयोजकले आग्रह गरेका छन् ।
यसैबीच ‘किबोर्ड’ का लेखक तथा साहित्यकार विजयराज आचार्यको नयाँ कृति ‘स्वर्गमा मोबाइल’ को विमोचन पनि गरिने भएको छ । बाल साहित्यमा कलम चलाउँदै आएका आचार्यको हालसम्म एक २० वटा कृति प्रकाशित भैसकेका छन् । बालबालिकाको कथाबस्तुलाई आफ्नो कृतिको विषयबस्तु बनाउँदै आएका आचार्यले आफ्नो कृति ‘किबोर्ड’ पहिलो पटक चलचित्रको रुपमा आउने भएकोमा प्रसन्नता प्रकट गरेका छन् ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal