जसरी भए पनि सांसद हुनैपर्ने दाउ

२०८० माघ ७ गते, आईतवार

राष्ट्रियसभाको निर्वाचन हुँदै गर्दा धेरैजनाले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने दाबी गरेका थिए । जुनसुकै निर्वाचनमा पनि उम्मेदवारी दिन पाए र निर्वाचित हुन पाए हुन्थ्यो भन्ने आकांक्षा हुनु स्वभाविक नै हो । पटक पटक टिकट पाएर निर्वाचन हारेकाले यसपटक भनें निर्वाचन जित्ने दाबी गर्छन् भनें निर्वाचन जितिरहेकाले यसपटक पनि म सजिलै जित्छु भन्नु अचम्मको कुरा होइन । पछिल्लो समयमा पहिले पनि सांसद भइसकेकाहरु प्रायः सबै कुनै न कुनै माध्यमबाट सांसद बन्न पाए हुन्थ्यो भन्ने दाउमा छन् ।

राष्ट्रियसभाको निर्वाचन प्रणाली सजिलो भएकाले पनि यसलाई धेरैले सहजै रुपमा सांसद बन्न सकिने माध्यम बनाएका छन् । राष्ट्रियसभाका मतदाता प्रायजसो पार्टीबाट निर्वाचित भएर आएका हुनाले उनीहरुको मत दायाँबायाँ हुने सम्भावना कम भएकाले पनि निर्वाचन जित्ने र हार्नेको टुंगो उम्मेदवारी दिएसँगै नै लाग्ने गर्दछ । वडामा वडा सदस्य हारेकाले पनि राष्ट्रियसभाको सांसद बन्ने इच्छा गरेका हुन्छन् । अहिले भइरहेका राष्ट्रियसभाका कतिपय सांसद हिजोका वडा र स्थानीय तहमै पराजित भएका पनि छन् । सांसद नभई जीवन नै नचल्ने गरी सांसद बन्न मरिहत्ते गर्ने परिपार्टी गलत छ । जनताको मतबाट पराजित भएकाहरुले नेताको चाकरी गरेको खण्डमा सजिलै टिकट पाइने आशा गरेका हुन्छन् । नेताले पनि को उम्मेदवार योग्य हो, कसले फिल्डमा बसेर काम गरेको छ त्यतातिर कहिल्यै पनि ध्यान दिने गरेका छैनन् । हरेकजसो निर्वाचनमा टिकट पाउनका लागि नेतासँग आर्थिक लेनदेनसहितका अरु चलखेल हुने कुरा बाहिर चर्चामा आइरहने गरेका छन् ।

उम्मेदवार छान्ने विषयमा प्रष्ट मापदण्ड नहुँदा गाउँमा बसेर पार्टीको लागि काम गरेका मान्छे सधैं अवसरबाट वञ्चित भएका छन् । एउटा पार्टीबाट टिकट नपाए त्यतिबेला नै अर्को पार्टी प्रवेश गरेर हारे पनि जिते पनि जसरी भए पनि टिकट लिनैपर्ने विकृति बढ्दै गएको छ । यसपालिको राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई टिकट बाँडफाँटमा निकै समस्या भयो । गठबन्धन बलियो भएकाले जितिन्छ भनेर उम्मेदवार बन्नेमा धेरैले मरिहत्ते गरेका थिए, जसमा नेकपा (माओवादी केन्द्र) ले गठबन्धनबाट धेरै भाग पायो । हिजो पदमा हुँदा के गरें भनेर जवाफ दिन नसक्नेहरु फेरि पनि पद चाहियो भनेर सधैं नेताहरुकोमा धाउने गरेका छन् । यो समस्या उनीहरुले होइन पार्टीका प्रमुख नेताहरुले नै निम्त्याएका हुन् ।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal