आज रजत जयन्ती मनाउँदै नेपाल डेरी एसोसिएसन

२०८० माघ ७ गते, आईतवार

काठमाडौं । नेपाल डेरी एसोसिएसनले आज रजत जयन्ती मनाउँदैछ । काठमाडौंको होटल मल्लमा एक भव्य कार्यक्रम गरी रजत जयन्ती मनाउने तयारी भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । उनका अनुसार कार्यक्रममा देशैभरका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

रजत जयन्ती मनाउँदै एसोसिएसनले आजै साधारणसभा पनि गर्ने छ । रजत जयन्तीबारे जानकारी दिन एसोसिएनको केन्द्रीय कार्यालय शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले दुग्ध व्यवसायीहरुको गुनासो सरकारले नसुनेको आरोप लगाएका थिए । यो व्यवसायले देशलाई आर्थिक रुपमा टेवा पु¥याएको भए पनि सरकारले बेवास्ता गरेको पनि उनले गुनासो गरे । एसोसिएसन २०५५ साल माघ ७ गते स्थापना गरिएको थियो । अहिले एसोसिएसनका प्रदेश र जिल्ला समिति पनि बनेका छन् । राजेन्द्रकिशोर श्रेष्ठ संस्थापक अध्यक्ष रहेको एसोसिएसनले अहिलेसम्म १० जना अध्यक्ष पाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षीतर्फका सचिव रेवतिरमण पौडेल रजत जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने एसोसिएनले जनाएको छ । सरोकारवाला संघसंस्थाको पनि प्रतिनिधित्व हुने आयोजकको भनाई छ । रजत जयन्ती समारोहलाई सफल बनाउन प्रदेशका समितिले पनि सबैलाई आग्रह गरेका छन् । केन्द्रीय समिति र प्रदेश समितिले पनि सबैलाई उपस्थितिको लागि आव्हान गर्दै समारोहको सफलताको शुभकामना दिएका छन् ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal