जसरी भए पनि सांसद हुनैपर्ने दाउ

राष्ट्रियसभाको निर्वाचन हुँदै गर्दा धेरैजनाले उम्मेदवार बन्न पाउनुपर्छ भन्ने दाबी गरेका थिए । जुनसुकै निर्वाचनमा पनि उम्मेदवारी दिन पाए र निर्वाचित हुन पाए हुन्थ्यो भन्ने आकांक्षा हुनु स्वभाविक नै हो । पटक पटक टिकट पाएर निर्वाचन हारेकाले यसपटक भनें निर्वाचन जित्ने दाबी गर्छन् भनें निर्वाचन जितिरहेकाले यसपटक पनि म सजिलै जित्छु भन्नु अचम्मको कुरा होइन । पछिल्लो समयमा पहिले पनि सांसद भइसकेकाहरु प्रायः सबै कुनै न कुनै माध्यमबाट सांसद बन्न पाए हुन्थ्यो भन्ने दाउमा छन् ।
राष्ट्रियसभाको निर्वाचन प्रणाली सजिलो भएकाले पनि यसलाई धेरैले सहजै रुपमा सांसद बन्न सकिने माध्यम बनाएका छन् । राष्ट्रियसभाका मतदाता प्रायजसो पार्टीबाट निर्वाचित भएर आएका हुनाले उनीहरुको मत दायाँबायाँ हुने सम्भावना कम भएकाले पनि निर्वाचन जित्ने र हार्नेको टुंगो उम्मेदवारी दिएसँगै नै लाग्ने गर्दछ । वडामा वडा सदस्य हारेकाले पनि राष्ट्रियसभाको सांसद बन्ने इच्छा गरेका हुन्छन् । अहिले भइरहेका राष्ट्रियसभाका कतिपय सांसद हिजोका वडा र स्थानीय तहमै पराजित भएका पनि छन् । सांसद नभई जीवन नै नचल्ने गरी सांसद बन्न मरिहत्ते गर्ने परिपार्टी गलत छ । जनताको मतबाट पराजित भएकाहरुले नेताको चाकरी गरेको खण्डमा सजिलै टिकट पाइने आशा गरेका हुन्छन् । नेताले पनि को उम्मेदवार योग्य हो, कसले फिल्डमा बसेर काम गरेको छ त्यतातिर कहिल्यै पनि ध्यान दिने गरेका छैनन् । हरेकजसो निर्वाचनमा टिकट पाउनका लागि नेतासँग आर्थिक लेनदेनसहितका अरु चलखेल हुने कुरा बाहिर चर्चामा आइरहने गरेका छन् ।
उम्मेदवार छान्ने विषयमा प्रष्ट मापदण्ड नहुँदा गाउँमा बसेर पार्टीको लागि काम गरेका मान्छे सधैं अवसरबाट वञ्चित भएका छन् । एउटा पार्टीबाट टिकट नपाए त्यतिबेला नै अर्को पार्टी प्रवेश गरेर हारे पनि जिते पनि जसरी भए पनि टिकट लिनैपर्ने विकृति बढ्दै गएको छ । यसपालिको राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई टिकट बाँडफाँटमा निकै समस्या भयो । गठबन्धन बलियो भएकाले जितिन्छ भनेर उम्मेदवार बन्नेमा धेरैले मरिहत्ते गरेका थिए, जसमा नेकपा (माओवादी केन्द्र) ले गठबन्धनबाट धेरै भाग पायो । हिजो पदमा हुँदा के गरें भनेर जवाफ दिन नसक्नेहरु फेरि पनि पद चाहियो भनेर सधैं नेताहरुकोमा धाउने गरेका छन् । यो समस्या उनीहरुले होइन पार्टीका प्रमुख नेताहरुले नै निम्त्याएका हुन् ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार