आज रजत जयन्ती मनाउँदै नेपाल डेरी एसोसिएसन
काठमाडौं । नेपाल डेरी एसोसिएसनले आज रजत जयन्ती मनाउँदैछ । काठमाडौंको होटल मल्लमा एक भव्य कार्यक्रम गरी रजत जयन्ती मनाउने तयारी भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । उनका अनुसार कार्यक्रममा देशैभरका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
रजत जयन्ती मनाउँदै एसोसिएसनले आजै साधारणसभा पनि गर्ने छ । रजत जयन्तीबारे जानकारी दिन एसोसिएनको केन्द्रीय कार्यालय शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले दुग्ध व्यवसायीहरुको गुनासो सरकारले नसुनेको आरोप लगाएका थिए । यो व्यवसायले देशलाई आर्थिक रुपमा टेवा पु¥याएको भए पनि सरकारले बेवास्ता गरेको पनि उनले गुनासो गरे । एसोसिएसन २०५५ साल माघ ७ गते स्थापना गरिएको थियो । अहिले एसोसिएसनका प्रदेश र जिल्ला समिति पनि बनेका छन् । राजेन्द्रकिशोर श्रेष्ठ संस्थापक अध्यक्ष रहेको एसोसिएसनले अहिलेसम्म १० जना अध्यक्ष पाएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षीतर्फका सचिव रेवतिरमण पौडेल रजत जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने एसोसिएनले जनाएको छ । सरोकारवाला संघसंस्थाको पनि प्रतिनिधित्व हुने आयोजकको भनाई छ । रजत जयन्ती समारोहलाई सफल बनाउन प्रदेशका समितिले पनि सबैलाई आग्रह गरेका छन् । केन्द्रीय समिति र प्रदेश समितिले पनि सबैलाई उपस्थितिको लागि आव्हान गर्दै समारोहको सफलताको शुभकामना दिएका छन् ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





