दुई वर्षपछि एमालेका सोनाम एक्लै हुने

काठमाडौं । माघ ११ गते बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले कुनै पनि सिट नजिते दुई वर्षपछि नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभामा एक्लो सांसद् हुने भएका छन् । उनी २०७८ को माघमा भएको निर्वाचनमा कोशी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । अहिले एमालेका तर्फबाट राष्ट्रियसभामा १६ सांसद छन्, जसमध्ये ८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ ।
अबको निर्वाचनमा एमालेका कुनै पनि उम्मेदवार निर्वाचित नभए फागुन २१ पछि राष्ट्रियसभामा ८ जना सांसद रहन्छन् । उनीहरुमध्ये ७ जनाको कार्यकाल २०८२ को फागुन २० गतेसम्म मात्रै रहन्छ । सोनाम भनें २०७८ मा निर्वाचित भएर आएका हुनाले उनको कार्यकाल २०८४ को फागुन २० गतेसम्म रहन्छ ।
राष्ट्रियसभाको निर्वाचन हरेक दुई–दुई वर्षमा हुँदै आएको छ । राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक व्यवस्था अनुसार हरेक दुई वर्षमा एक तिहाई सदस्य रिक्त हुने र जुन पद्धतिबाट रिक्त भयो त्यही प्रक्रियाबाट अर्को व्यक्ति निर्वाचित हुने छ ।
पद रिक्त हुनुभन्दा ३५ दिनअघि राष्ट्रियसभाका सांसद चयन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ७ प्रदेशबाट निर्वाचनको प्रक्रियाबाट आएका प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जना गरी राष्ट्रियसभामा ५९ सांसद रहने छन् । संघीय संसद अन्तर्गतको राष्ट्रियसभालाई माथ्लो र प्रतिनिधिसभालाई तल्लो सदनका रुपमा चिनिन्छ । यी दुबै संसदलाई संयुक्त रुपमा संघीय संसद भनिन्छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार