दुई वर्षपछि एमालेका सोनाम एक्लै हुने

२०८० माघ ७ गते, आईतवार

काठमाडौं । माघ ११ गते बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनमा नेकपा एमालेले कुनै पनि सिट नजिते दुई वर्षपछि नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभामा एक्लो सांसद् हुने भएका छन् । उनी २०७८ को माघमा भएको निर्वाचनमा कोशी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । अहिले एमालेका तर्फबाट राष्ट्रियसभामा १६ सांसद छन्, जसमध्ये ८ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ ।

अबको निर्वाचनमा एमालेका कुनै पनि उम्मेदवार निर्वाचित नभए फागुन २१ पछि राष्ट्रियसभामा ८ जना सांसद रहन्छन् । उनीहरुमध्ये ७ जनाको कार्यकाल २०८२ को फागुन २० गतेसम्म मात्रै रहन्छ । सोनाम भनें २०७८ मा निर्वाचित भएर आएका हुनाले उनको कार्यकाल २०८४ को फागुन २० गतेसम्म रहन्छ ।

राष्ट्रियसभाको निर्वाचन हरेक दुई–दुई वर्षमा हुँदै आएको छ । राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक व्यवस्था अनुसार हरेक दुई वर्षमा एक तिहाई सदस्य रिक्त हुने र जुन पद्धतिबाट रिक्त भयो त्यही प्रक्रियाबाट अर्को व्यक्ति निर्वाचित हुने छ ।
पद रिक्त हुनुभन्दा ३५ दिनअघि राष्ट्रियसभाका सांसद चयन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ७ प्रदेशबाट निर्वाचनको प्रक्रियाबाट आएका प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जना गरी राष्ट्रियसभामा ५९ सांसद रहने छन् । संघीय संसद अन्तर्गतको राष्ट्रियसभालाई माथ्लो र प्रतिनिधिसभालाई तल्लो सदनका रुपमा चिनिन्छ । यी दुबै संसदलाई संयुक्त रुपमा संघीय संसद भनिन्छ ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal