दुर्गाले नपाउँदा के हुन्छ ?

२०८० माघ ७ गते, आईतवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी नेतृ तथा पूर्व सांसद दुर्गा पौडेललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने राष्ट्रियसभाको एकजना सदस्यमा राष्ट्रियसभाको सांसद बनाउने हल्ला चलेको छ । सत्तारुढ दलहरुले यस विषयमा सहमति जनाइसकेको भनेर सञ्चारमाध्यममा आएको छ ।

उनी २०७९ को मंसिरमा भएको निर्वाचनमा प्युठानबाट गठबन्धनको साझा उम्मेदवार थिइन् । उनले नेकपा एमालेका उम्मेदवार सुर्यबहादुर थापा क्षेत्रीसँग हार खाइन् । उनी २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन नेकपाको साझा उम्मेदवार थिइन् । त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द पोखरेलसहित अरुलाई पराजित गरेकी थिइन् । गत निर्वाचनमा भनें उनी धेरै मतान्तरले पराजित भइन् । राष्ट्रिय जनमोर्चाले भाग पाउँदा नेपाली कांग्रेस भनें राष्ट्रियसभामा दोस्रो पार्टी बन्ने छ । अहिले सत्ता गठबन्धनले उठाएका उम्मेदवार सबैले जित्ने हो भनें नेकपा (माओवादी केन्द्र) १७ सांसदसहित पहिलो पार्टी बन्ने छ । कांग्रेसले १० सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसका राष्ट्रियसभामा ६ सांसद् छन्, नेकपा (माओवादी केन्द्र) ले यसपालि ६ जना उम्मेदवार पाए पनि उसका अहिले राष्ट्रियसभामा ११ सांसद भएकाले अब उसका १७ सांसद हुने छन् ।
२ वर्षअघि भएको राष्ट्रियसभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले एक सिट पाएको थियो । सधैं एउटै व्यक्तिलाई कहिले टिकट त कहिले अन्य अवसर दिँदा पार्टीभित्र असन्तुष्टि बढ्ने गरेको छ । प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिटमात्रै रहेको छ । वागलुङबाट अध्यक्ष चित्रबहादुर केसीले निर्वाचन जिते भनें प्युठानबाट पौडेलले हारिन् । प्युठानमा कांग्रेसको जग बलियो भएकाले कांग्रेसले नै उम्मेदवारी पाए जित्न सजिलो हुन्छ भनेर कांग्रेसका नेताले हिजोको निर्वाचनमा भन्दै आएका थिए । २०७४ सालको निर्वाचनमा पोखरेलले पौडेलसँग राम्रो प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रियसभाको निर्वाचनमा एमालेले पनि सबै क्षेत्रमा उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनको मत धेरै भएकाले एमालेले जित्ने सम्भावना कमजोर बन्दै आएको छ । राष्ट्रियसभाको निर्वाचनमा सम्बन्धित प्रदेशसभाका सांसद र प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने संवैधानिक व्यवस्था रहेको छ । केही अपबादबाहेक सबै सांसद र प्रमुख तथा उपप्रमुख पार्टीबाट निर्वाचित भएकाले मत दायाँबायाँ नहुने हुँदा पनि सत्ता गठबन्धन जितिनेमा ढुक्क भएको छ । फागुन २० गते राष्ट्रियसभाका २० जना सांसदको कार्यकाल सकिने भएकाले तीमध्ये १९ ठाउँमा निर्वाचन हुने छ । एकजना भनें सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था छ ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal