१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिना खुद्रे ५–१० हजार भ्रष्टाचार गर्नेहरुलाई कारवाही गरेर प्रगतीको ग्राफ बढाउने गरेको छ । ठूला भ्रष्टचारीहरुलाई जोगाउने शिलशिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही नगर्नुलाई हेरिएको छ ।
महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आर्थिक अनियमिततालाई अख्तियारले कर्मकाण्डी छानविन गरेर सुनपानी छर्केको समाचार श्रोतले बताएको छ । चिनिया ठेकेदार कम्पनी र प्राधिकरणका कर्मचारीको मिलेमतोमा रु. १० अर्व घोटाला गरिएको थियो । पोखरामा बनाइएको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पनि शुरु नहुँदा र चीनले बीआरआई अन्तर्गत बनेको बताएपछि विमानस्थल सञ्चालन थप पेचिलो बनेको छ । हाटहुट र लाटलुटे प्रवृत्तिका अधिकारीलाई अख्तियारले छानविनमा चासो देखाएपछि कारवाहीबाट बच्न पैसाको बोरा बोकेर शक्तिकेन्द्रमा धाउन थालेको समाचार श्रोतले बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख रहेका हालका महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि ठूलो रकम घोटाला गरेको आरोप लागेको छ । शक्तिकेन्द्रलाई मिलाएर चलखेल गर्न पल्केका अधिकारीले आफूभन्दा वरिष्ठहरुलाई पछारेर महानिर्देशक बन्न सफल भएका थिए । खासगरी तात्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई मोटो रकम बुझाएर डिजी बन्न सफल अधिकारी कुन दिन हतकडी लाग्ने हो भन्दै बेचैन बनेको र राम्रोसँग निदाउन नसकेको उनलाई चिन्नेहरुले बताएका छन् । शुरुमा पर्यटनमन्त्री सुदन किराँतीलाई रौं बराबर नठान्ने अधिकारी अहिले मन्त्री किराँतीको याराना बनेको चर्चा चलेको छ ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





