सूईहरुको उदासिनताले सडक चौपट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको देशभरीका आयोजनाहरु हेर्ने एक्सन रुमको प्रयोग नहुँदा राष्ट्रिय गौरवका सडकहरु ध्वस्त बनेको छ । आयोजना निर्देशनालय एडीबी अन्तर्गत पर्ने नारायणघाट–बुटवल सडक खण्डको दुरावस्था यात्रा गर्नेलाई मात्र थाहा हुन्छ । सरकारी अधिकारीहरु सकेसम्म थाहा नै नपाए जस्तो गर्दछन् । प्रधानमन्त्री कार्यालयले एक्सन रुमबाट नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको अवस्था हेरेर दबाब र हस्तक्षेप गरेको भए सडकको दुर्गती हुने थिएन । गत वर्षको २०७९ श्रावणसम्म सबै काम सकिनु पर्ने नारायणघाट–बुटवल खण्डको काम करिव ४० प्रतिशत मात्रै सकिएको छ । त्यही हिसावले काम भए सडक सम्पन्न हुन अझै ५ वर्ष लाग्ने समाचार श्रोतले जानकारी दिएको छ । यो सडक एडीबी निर्देशनालय अन्तर्गत पर्दछ । एडीबी निर्देशनालयका प्रमुख चुडाराज ढकाललाई चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ्ग कर्पोरेशनले नटेर्दा समस्या बढेको र कामले गति लिन नसकेको जानकारहरुले बताएका छन् । ठेकेदारप्रति नरम बन्दा पर्यटकीय नगरी पोखरालाई जोड्ने मुग्लिङ–पोखरा सडक खण्डको जस्तै छ । अनहुई कम्पनीले ठेक्का लिएको पोखरातर्फको पश्चिमखण्ड हरिविजोग छ । कूल ४८ कि.मी. सडकमा ११ प्रतिशत मात्रै काम भएको बताइएको छ । यो सडकको पूर्वीखण्डतर्फ पनि कामको गती लक्ष्य अनुसार छैन । तर पनि एडीबी निर्देशनालयका प्रमुख ठेकेदारलाई दोष थुपारेर पानी माथिको ओभानो बन्ने गरेका छन् । मन्त्रीपरिषद्को कार्यालयबाट प्रर्याप्त पहलकदमी र अनुगमन नहुँदा समस्या उत्पन्न भएको श्रोतले बताएको छ ।
तात्कालिन मन्त्री एवं हालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुगमन गरेपछि यी समस्याग्रस्त सडकहरुको अनुगमन नभएको समाचार स्रोतले बताएको छ । हालका मन्त्रीले चासो नलिँदा हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र उत्तर–दक्षिण कोरिडोर सडकहरु पनि उस्तै समस्या छ । मदन भण्डारी राजमार्गमा केही पुल बनेपनि अन्य संरचना बन्न सकेको छैन भने मध्यपहाडी लोकमार्गको चियो भञ्ज्याङदेखि झुलाघाटसम्म नेकपा एमालेले पैदल यात्रा गर्ने भएपछि आयोजनाका प्रमुख कुवेर नेपाली र सडक विभागका महानिर्देशक कुदाकुद गरेका छन् ।
यसरी सुईहरुको उदासिनताले प्रगती हुन नसकेको राष्ट्रिय गौरवका सडकप्रति मन्त्री प्रकाश ज्वालाको ध्यान पुग्न नसकेको चर्चा चलेको छ । यता एडीबी सडक निर्देशनालयका प्रमुख ढकाललाई कमिशनकै लागि कनिष्ठ भए पनि एडीबी पठाइएको श्रोतले बताएको छ । काकडभिट्टा लौकही सडक खण्डको ठेक्कामा तुदी कन्ट्रक्सनले तीन करोड कमिशन प्रमुख ढकाललाई बुझाएको आरोप लागेको छ । ढकालको सुस्तीपन र गनगने प्रबृत्तिलाई ठेकेदारहरुले नरुचाएको समाचारमा उल्लेख गरिएको छ ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





