१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सानातिना खुद्रे ५–१० हजार भ्रष्टाचार गर्नेहरुलाई कारवाही गरेर प्रगतीको ग्राफ बढाउने गरेको छ । ठूला भ्रष्टचारीहरुलाई जोगाउने शिलशिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही नगर्नुलाई हेरिएको छ ।

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आर्थिक अनियमिततालाई अख्तियारले कर्मकाण्डी छानविन गरेर सुनपानी छर्केको समाचार श्रोतले बताएको छ । चिनिया ठेकेदार कम्पनी र प्राधिकरणका कर्मचारीको मिलेमतोमा रु. १० अर्व घोटाला गरिएको थियो । पोखरामा बनाइएको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पनि शुरु नहुँदा र चीनले बीआरआई अन्तर्गत बनेको बताएपछि विमानस्थल सञ्चालन थप पेचिलो बनेको छ । हाटहुट र लाटलुटे प्रवृत्तिका अधिकारीलाई अख्तियारले छानविनमा चासो देखाएपछि कारवाहीबाट बच्न पैसाको बोरा बोकेर शक्तिकेन्द्रमा धाउन थालेको समाचार श्रोतले बताएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख रहेका हालका महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि ठूलो रकम घोटाला गरेको आरोप लागेको छ । शक्तिकेन्द्रलाई मिलाएर चलखेल गर्न पल्केका अधिकारीले आफूभन्दा वरिष्ठहरुलाई पछारेर महानिर्देशक बन्न सफल भएका थिए । खासगरी तात्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई मोटो रकम बुझाएर डिजी बन्न सफल अधिकारी कुन दिन हतकडी लाग्ने हो भन्दै बेचैन बनेको र राम्रोसँग निदाउन नसकेको उनलाई चिन्नेहरुले बताएका छन् । शुरुमा पर्यटनमन्त्री सुदन किराँतीलाई रौं बराबर नठान्ने अधिकारी अहिले मन्त्री किराँतीको याराना बनेको चर्चा चलेको छ ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal