केसीसीमा म्यानेजमेन्ट स्कलर्स म्याग्जिन विमोचन

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काठमाण्डौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज (केसीसी) को व्यवस्थापन संकायले म्यानेजमेन्ट स्वकलर्स म्याग्जिन (पत्रिका) को आठौं अंक विमोचन गरेको छ ।

२०८० साल साउन २७ गते शनिबार कलेजको सभाहलमा म्याग्जिनको विमोचन गरिएको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादबराज कोइराला, आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रामाकृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा म्याग्जिनको विमोजन गरेका हुन् ।

बीबीए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखनसीप बढाउने अभिप्रायले
प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलर्स म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले बताइन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि कोइरालाले म्याग्जिनले नयाँ जिम्मेवार सम्हाल्ने विद्यार्थीलाई सकारात्मक आशा देखाएको बताए । उनले म्यान्जिनले बीबीएसँग सम्बन्धित विषयलाई मात्र नभएर समग्र क्याम्पसको विषयमा जानकारी हुने गरी समेटेको भए राम्रो हुने सुझाव दिए । उनले विद्यार्थीले दुःख गरेर प्रकाशन गरेको म्यग्जिनको प्रसंशा गरे । ‘म्याग्जिन प्रकाशन गर्नु आफैंमा समस्या हो तर तपाइहरुले यति राम्रो म्याग्जिन प्रकाशन गर्नुभयो त्यसका लागि तपाइहरुलाई बधाई’ प्रमुख अतिथि कोइरालाले भने ‘यो प्रकाशन भएपछि अरु संकायका विद्यार्थीलाई पनि यस्तै प्रकाशन गर्ने प्रेरणा जागेको हुनुपर्छ ।’ उनले पछिल्लो समयमा सबैजसो विश्वविद्यालयमा विद्यार्थी घट्दै गएकाले यसबारे सबै सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको भन्दै थपे ‘हामी पनि समयसापेक्ष र वर्तमान अवस्थाका साथै परिस्थिति अनुसार परिवर्तन हुँदै जानुपर्ने बेला भएको छ ।’ कार्यक्रमका अतिथि तथा आमसञ्चार तथा पत्रकारिताका विज्ञ रेग्मीले अबको वर्षमा प्रकाशन हुने म्याग्जिन राष्ट्र योजना आयोगको लागि पनि मार्गदर्शन बन्न सकोस् भन्ने कामना गरे । कार्यक्रममा क्याम्पसमा यसअघि भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई पनि पुरस्कृत गरिएको थियो ।

कान्तिपुर सिटी कलेजले व्यवस्थापनका साथै अन्य विभिन्न विषयमा अध्ययन गराई सक्षम जनशक्ति उत्पादन गरेको र उन्हिरुले देश विदेशमा योगदान गरिरहेको कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्कीले बताए । उनले एकै छातामुनि विभिन्न विषयमा अध्ययन गर्न पाइने भएकाले पनि विद्यार्थीलाई अध्ययनमा सहज भएको बताए । उनले आगामी दिनमा नयाँ शैक्षिक कार्यक्रम पनि थप गर्दै जाने स्पष्ट पारेका छन् ।

कान्तिपुर सिटी कलेजका प्रिसिन्पल राजु कट्टेलले विद्यार्थीको मिहिनेत र रचनात्मक प्रयासलाई क्याम्पसले सधै सहयोग गर्ने बचनबद्धता जनाए । उनले आगामी दिनमा पनि सिर्जनशील कामलाई निरन्तरता दिइराख्न विद्यार्थीलाई आग्रह गरे । सल्लाह दिनुभयो । सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज व्यवस्थापन शिक्षणमा अग्रणी क्याम्पसमध्ये एक हो । २३ वर्षअघि स्थापना भएको क्याम्पस आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि पनि चर्चित बनेको छ । यो क्याम्पसबाट उत्पादित विद्यार्थी देशी तथा विदेशी राम्रा सञ्चारमाध्यममा कार्यरत रहेको आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम संयोजक राजिव तिमल्सिना बताउँछन् ।

उनले क्याम्पसले हरेक संकायमा विद्यार्थीलाई सहुलियत दरमा गुणस्तरीय शिक्षा दिँदै आएको पनि बताएका छन् ।

140 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal