सभामुखको प्रयास पनि असफल

२०८० भाद्र ३ गते, आईतवार

लामो समयदेखि अवरोध भएको प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले पहल गर्दै आए पनि सफल हुन सकेको छैन । सभामुखले प्रधानमन्त्री, विभिन्न दलका प्रमुख, दलका प्रमुख सचेतक तथा अन्यसँग पटक पटक गरेको छलफल पनि प्रभावकारी हुन सकिरहेको छैन ।

सभामुख घिमिरेले जनताको आवाज बोल्ने प्रतिनिधिसभा अवरोध हुँदा जनतामाझ नराम्रो सन्देश गएको भन्दै अवरोध खुलाउन पहल गरिरहेका छन् । उनले प्रधानमन्त्रीसँग पनि यसै विषयमा कुरा गर्न भेट गरेका छन् । सभामुखको पहल सकारात्मक भए पनि परिणाम आउन भनें सकेको छैन । संसदमा विभिन्न राजनीतिक दल रहेकाले ती सबैमाझ समन्वय गर्न उनी लागिपरेका छन् । साउनको दोस्रो सातादेखि संसदको बैठक अवरोध छ । संसद बैठकको कार्यसूचीमा परेका कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभाको बैठक अवरोध भएसँगै त्यसको प्रभाव राष्ट्रियसभामा पनि परेको छ । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ तर सरकारले भनें छानबिनको प्रक्रिया अघि बढिसकेकाले बेग्लै संसदीय समिति नचाहिने अडान लिएको छ । एमालेले आफूले राखेको माग पूरा नभए संसद सञ्चालन हुन नदिने भनेपछि प्रक्रिया झन्झटिलो बन्दै आएको छ ।

एमालेले छानबिन समिति बनाउन सरकारलाई के गाह्रो भयो ? भनेर प्रश्न गर्दै आएको छ । एमालेले अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नताबिना सुन तस्करी सम्भव नभएकाले उनीहरुको राजीनामासमेत माग्दै आएको छ । एमालेको मागलाई सम्बोधन गर्न भन्दै केही दिनअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे संसदमा जवाफ दिए पनि एमालेले छानबिन समिति गठन गरेर निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अडान कायमै राखेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही गरेरै छोड्ने भन्दै आएका छन् ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal