सभामुखको प्रयास पनि असफल

२०८० भाद्र ३ गते, आईतवार

लामो समयदेखि अवरोध भएको प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले पहल गर्दै आए पनि सफल हुन सकेको छैन । सभामुखले प्रधानमन्त्री, विभिन्न दलका प्रमुख, दलका प्रमुख सचेतक तथा अन्यसँग पटक पटक गरेको छलफल पनि प्रभावकारी हुन सकिरहेको छैन ।

सभामुख घिमिरेले जनताको आवाज बोल्ने प्रतिनिधिसभा अवरोध हुँदा जनतामाझ नराम्रो सन्देश गएको भन्दै अवरोध खुलाउन पहल गरिरहेका छन् । उनले प्रधानमन्त्रीसँग पनि यसै विषयमा कुरा गर्न भेट गरेका छन् । सभामुखको पहल सकारात्मक भए पनि परिणाम आउन भनें सकेको छैन । संसदमा विभिन्न राजनीतिक दल रहेकाले ती सबैमाझ समन्वय गर्न उनी लागिपरेका छन् । साउनको दोस्रो सातादेखि संसदको बैठक अवरोध छ । संसद बैठकको कार्यसूचीमा परेका कुनै पनि प्रक्रिया अघि बढ्न सकेको छैन । प्रतिनिधिसभाको बैठक अवरोध भएसँगै त्यसको प्रभाव राष्ट्रियसभामा पनि परेको छ । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ तर सरकारले भनें छानबिनको प्रक्रिया अघि बढिसकेकाले बेग्लै संसदीय समिति नचाहिने अडान लिएको छ । एमालेले आफूले राखेको माग पूरा नभए संसद सञ्चालन हुन नदिने भनेपछि प्रक्रिया झन्झटिलो बन्दै आएको छ ।

एमालेले छानबिन समिति बनाउन सरकारलाई के गाह्रो भयो ? भनेर प्रश्न गर्दै आएको छ । एमालेले अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नताबिना सुन तस्करी सम्भव नभएकाले उनीहरुको राजीनामासमेत माग्दै आएको छ । एमालेको मागलाई सम्बोधन गर्न भन्दै केही दिनअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे संसदमा जवाफ दिए पनि एमालेले छानबिन समिति गठन गरेर निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने अडान कायमै राखेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही गरेरै छोड्ने भन्दै आएका छन् ।

9 Views

ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने

२०८० आश्विन ३ गते, बुधबार

हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

२०८० आश्विन २ गते, मंगलवार

३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू

२०८० आश्विन २ गते, मंगलवार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal