बहुविधामा जम्दै सुनिता

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ मा पिता पण्डित चित्रप्रसाद सुवेदी र माता रमादेवी सुवेदीको कोखबाट पाँचौं सन्तानको रुपमा जन्मिएकी सुनिता भट्टराई (सुवेदी) हरेक विधामा सक्रिय रहेकी छिन् ।

काठमाडौंको बौद्ध महाँकालमा पढाई लेखाई गरेकी उनले यतैबाट २०४८ सालमा एस्एल्सी पास गरिन् । २०५० सालमा एयरपोर्ट निवासी यादवप्रसाद भट्टराइसँग विवाह गरेकी उनका दुई छोरा छन् । एक छोराको विवाह भइसकेको छ, सासुसमेत भइसकेकी उनी अझै पनि चलचित्र, समाजसेवाका साथै विभिन्न संघसंस्थामा सक्रिय रहेकी छिन् । जिम्मेवारी धेरै लिँदा कतिपय ठाउँमा समय दिन नसकेको भन्दै उनले पछिल्लो समयमा केही ठाउँबाट राजीनामा पनि दिएकी छिन् । उनी अझै हिजोको कलेज जिबनजत्तिकै फुर्तिली र स्वस्थ्य छिन् । बहु प्रतिभाकी धनी सुनिता बिगत १५ वर्षदेखि कलाकारिता क्षेत्रमा लागेकी छिन् । उनको अर्को मुख्य क्षेत्र हो स्वास्थ्य । यसबाट उनले धेरै बिरामीको सहज र शुलभ उपचार गरेकी छिन् भनें आफ्नो सम्बन्धलाई अझ व्यापक बनाएकी छिन् । उनी स्वास्थ्य क्षेत्रमा १७ वर्षदेखि र समाजसेवाको क्षेत्रमा २५ वर्षदेखि सक्रिय छिन् । ‘जहाँ इच्छा, त्यहीँ उपाय’ भन्ने नाराका साथ अघि बढेकी उनी जुनसुकै कुरामा पनि अडान लिएर अघि बढे अवश्य पनि सफलता हासिल गर्न सकिन्छ भन्नेमा विश्वस्त छिन् । परिबर्तन आफूबाट नै सुरु गर्नुपर्छ दभनष्लष्लन ाचयm तजभ यलभ भन्ने उनी अहिले आफुलाई संघर्षशील नै रहेको बताउँछिन् । विभिन्न क्षेत्रमा गरेको कामको मूल्यांकन गर्दै धेरैवटा संघसंस्थाले उनलाई सम्मान पनि गरेका छन् । सम्मानबाट आफूमा यो क्षेत्रप्रतिको जिम्मेवारी थपिएको उनको बुझाई छ । उनले स्वास्थ्य अन्तर्गत कतिपय औपचारिक अध्ययन गरिन् भनें कतिपय अवस्थामा नयाँनयाँ तालिम लिएर आफूलाई थप निखार्दै आएकी छिन् । ‘मानिसको स्वास्थ्य ठूलो कुरा हो तर पनि कहिलेकाहीँ स्वास्थ्यलाई बेवास्ता गरेको देख्दा दुःख लाग्छ’ उनी भन्छन् ‘जिवन रहँदा न हामीले काम गर्ने हो, सबैको सेवा गर्ने हो तर जिवनलाई स्वास्थ्यप्रति निकै सजग नगराइनु दुःखद् कुरा हो ।’ उनी प्रत्येक दिन बिहान आफ्नो क्लििनिकमा हुन्छिन् भनें दिउँसो टेलिचलचित्रमा सुटिङमा व्यस्त हुन्छिन् । उनी दिनैपिच्छे एउटा टेलिचलचित्र खेल्ने गर्छिन् । उनी चरित्र अभिनेत्रीको भूमिकामा बढी देखिने गरेकी छिन् । खेलकुदको क्षेत्रमा पनि सक्रिय उनी पहिलो महिला चलचित्र वितरक भनेर पनि चिनिन्छिन् । उनले ठूलो चलचित्र पनि बनाएकी छिन् । उनले आफ्नै ब्यानरमा चलिचत्र ‘बैना’ पनि शुभ साइत गरेकी छिन् ।

सबैजसो विधामा सक्रिय उनले कसरी समय व्यवस्थापन गर्न सक्छिन् त भनेर अरुले उनलाई बारम्बार प्रश्न पनि गर्ने गरेका छन् । सुरज शर्मासँग मिलेर उनले तिरुपति पिक्चर्स सञ्चालनमा ल्याएकी छिन् । तिरुपतिले ‘बैना’ र ‘पराई’ टेलिचलचित्र बनाइसकेको छ । ८० प्रतिशतजसो शर्मा र भट्टराइको जोडीलाई चलचित्रमा दर्शकले देख्ने गरेका छन् । निर्देशकले पनि उनीहरुलाई जोडीकै रुपमा चलचित्र खेलाउन रुचाउने गरेका छन् । उनले अहिले पनि तिजको गीत ल्याएकी छिन् । उनी आफूलाई सुखी र खुशी नारीको रुपमा लिने गर्छिन् । उनी उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हातबाट पनि सम्मानपत्र पाइसकेकी छिन् । उनले प्यारालाइसिसका धेरै बिरामीको सफल उपचार गरेकी छिन् । प्यारालाइसिस भएर थला परेका बिरामीको उपचार गराएको सम्झिँदै उनी भन्छिन् ‘प्यारालाइसिस भएर जिवनबाट खानुभएका धेरैलाई नयाँ जिवन दिएको छु, यसमा म धेरै खुशी छु त्योभन्दा सन्तुष्टि अरु हुन सक्दैन ।’ उनी मानिसले दुःख पाएको हेर्न सक्दिनन् । कसैले समस्या परेको खण्डमा उनी आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएकी छिन् । उनी प्रायःजसो त्यो ठाउँमा पुग्ने गर्छिन्, यदी सम्भव नभए पनि केही सहयोग पठाउने गर्छिन् । मानिसमात्र होइन सडकमा अलपत्र परेका जनावरको पनि उनी त्यति नै माया गर्छिन् । ‘आखिर जनावरको पनि ज्यानै हो तर पनि सडकमा बेवास्ता गरिन्छ उनीहरुको संरक्षण गर्नेतिर कसैले ध्यान दिन सकेको छैन’ उनी भन्छिन् ।

उनले २०७२ सालमा गएको विनासकारी भूकम्पमा पनि विभिन्न ठाउँमा गएर राहत बाँडेकी थिइन् भनें उद्धारमा पनि सक्रियता देखाइन् । ‘त्यतिबेला त म कति दिन घरै आइन, मानिसको त्यो बिजोग सम्झिँदा मन पोल्यो र कुदिरहेँ’ उनी भन्छिन् ‘ एकलाई अप्ठ्यारो पर्दा अर्काले सहयोग गर्नु हामीहरुको धर्म नै हो, केही पाइन्छ भनेर होइन आफ्नो कर्तव्य ठानेर सहयोग गरें ।’ बानेश्वरको अलौकिक सेवा आश्रमकी सह–सचिव, भागवत धाम, सबल समाज, राष्ट्रका लागि युवा, एस् वी क्यान, बैदेही ग्रुुप, सिटिजन भ्वाइसजस्ता संघसंस्थाकी सल्लाहकार उनी आवश्यक परेका बेला गोजीमा भएका सबै पैसा समाजसेवामा खर्च गर्न पनि पछि पर्दिनन् । केही नहेरी दुई घण्टासम्म अंग्रेजीमा भाषण गर्न सक्ने क्षमता भएकी उनले उद्घोषण तालिम पनि लिएकी छिन् । विभिन्न ठाउँमा उद्घोषकको भूमिकामा देखिएकी उनी सफल कार्यक्रम सञ्चालिका पनि हुन् । तिरुपती पिक्चर्स प्रा.लि.की अध्यक्ष उनले मुभीमा ‘प्ले ब्याक सिंगर’ को भूमिका समेत निर्वाह गरेकी छिन् । एकता वस्ती टोल सुधार समिति कागेश्वरी मनोहरा ८ की अध्यक्ष उनी तेजश्वी महिला समूहकी उपाध्यक्ष पनि हुन् । युवा साइन्टिस्ट एशोसिएशनकी उपाध्यक्ष उनले कोरोना महामारीमा झण्डै ८ लाख रुपैयाँ खर्च गरेर बिरामीको सेवा गरेकी छिन् ।

उनलाई राजनीतिक दल र नेताका कारण राजनीति बिग्रिएकोमा चिन्ता छ । उनी राजनीति प्यारालाइसिस भइसकेको बताउँछिन् । अहिलेसम्म राजनीति सही बाटोमा जाला र देश विकास होला भन्ने पर्खिएर बसेकी उनी देशको यो अवस्थाबाट निकै चिन्तित छिन् । उनले अब आफैं निर्णायक ठाउँमा पुगेर केही गर्ने सोचसमेत बनाएकी छिन् । ‘अब धेरै पर्खियौं, होला भन्ने आशा थियो तर अब त्यो सम्भावना रहेन त्यसैले आफैं अघि सरेर समाज परिवर्तन गर्न मन छ ।’

170 Views

One thought on “बहुविधामा जम्दै सुनिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal