केसीसीमा म्यानेजमेन्ट स्कलर्स म्याग्जिन विमोचन
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त काठमाण्डौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज (केसीसी) को व्यवस्थापन संकायले म्यानेजमेन्ट स्वकलर्स म्याग्जिन (पत्रिका) को आठौं अंक विमोचन गरेको छ ।
२०८० साल साउन २७ गते शनिबार कलेजको सभाहलमा म्याग्जिनको विमोचन गरिएको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादबराज कोइराला, आमसञ्चार तथा पत्रकारिताका प्राध्यापक रामाकृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्की तथा प्रिसिन्पल राजु कट्टेलले संयुक्त रुपमा म्याग्जिनको विमोजन गरेका हुन् ।
बीबीए शौक्षिक कार्यक्रमको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई मुख्य जिम्मेवारी दिई व्यवस्थापन तथा लेखनसीप बढाउने अभिप्रायले
प्रत्येक वर्ष म्यानेजमेन्ट स्कलर्स म्याग्जिन प्रकाशित हुने गरेको व्यवस्थापन संकाय प्रमुख पूजा पोख्रेलले बताइन् ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि कोइरालाले म्याग्जिनले नयाँ जिम्मेवार सम्हाल्ने विद्यार्थीलाई सकारात्मक आशा देखाएको बताए । उनले म्यान्जिनले बीबीएसँग सम्बन्धित विषयलाई मात्र नभएर समग्र क्याम्पसको विषयमा जानकारी हुने गरी समेटेको भए राम्रो हुने सुझाव दिए । उनले विद्यार्थीले दुःख गरेर प्रकाशन गरेको म्यग्जिनको प्रसंशा गरे । ‘म्याग्जिन प्रकाशन गर्नु आफैंमा समस्या हो तर तपाइहरुले यति राम्रो म्याग्जिन प्रकाशन गर्नुभयो त्यसका लागि तपाइहरुलाई बधाई’ प्रमुख अतिथि कोइरालाले भने ‘यो प्रकाशन भएपछि अरु संकायका विद्यार्थीलाई पनि यस्तै प्रकाशन गर्ने प्रेरणा जागेको हुनुपर्छ ।’ उनले पछिल्लो समयमा सबैजसो विश्वविद्यालयमा विद्यार्थी घट्दै गएकाले यसबारे सबै सचेत हुनुपर्ने बताए । उनले विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको भन्दै थपे ‘हामी पनि समयसापेक्ष र वर्तमान अवस्थाका साथै परिस्थिति अनुसार परिवर्तन हुँदै जानुपर्ने बेला भएको छ ।’ कार्यक्रमका अतिथि तथा आमसञ्चार तथा पत्रकारिताका विज्ञ रेग्मीले अबको वर्षमा प्रकाशन हुने म्याग्जिन राष्ट्र योजना आयोगको लागि पनि मार्गदर्शन बन्न सकोस् भन्ने कामना गरे । कार्यक्रममा क्याम्पसमा यसअघि भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई पनि पुरस्कृत गरिएको थियो ।
कान्तिपुर सिटी कलेजले व्यवस्थापनका साथै अन्य विभिन्न विषयमा अध्ययन गराई सक्षम जनशक्ति उत्पादन गरेको र उन्हिरुले देश विदेशमा योगदान गरिरहेको कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्कीले बताए । उनले एकै छातामुनि विभिन्न विषयमा अध्ययन गर्न पाइने भएकाले पनि विद्यार्थीलाई अध्ययनमा सहज भएको बताए । उनले आगामी दिनमा नयाँ शैक्षिक कार्यक्रम पनि थप गर्दै जाने स्पष्ट पारेका छन् ।
कान्तिपुर सिटी कलेजका प्रिसिन्पल राजु कट्टेलले विद्यार्थीको मिहिनेत र रचनात्मक प्रयासलाई क्याम्पसले सधै सहयोग गर्ने बचनबद्धता जनाए । उनले आगामी दिनमा पनि सिर्जनशील कामलाई निरन्तरता दिइराख्न विद्यार्थीलाई आग्रह गरे । सल्लाह दिनुभयो । सन् २००५ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई व्यवस्थापन विषयको स्नातक तहमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज व्यवस्थापन शिक्षणमा अग्रणी क्याम्पसमध्ये एक हो । २३ वर्षअघि स्थापना भएको क्याम्पस आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि पनि चर्चित बनेको छ । यो क्याम्पसबाट उत्पादित विद्यार्थी देशी तथा विदेशी राम्रा सञ्चारमाध्यममा कार्यरत रहेको आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम संयोजक राजिव तिमल्सिना बताउँछन् ।
उनले क्याम्पसले हरेक संकायमा विद्यार्थीलाई सहुलियत दरमा गुणस्तरीय शिक्षा दिँदै आएको पनि बताएका छन् ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





