नाटक घर बनाउन एउटा इट्टा माग्दै क्षितिज नाट्य प्रतिष्ठान
काठमाडौं । विर्तामोड–१ झापामा रहेको क्षितिज नाट्य प्रतिष्ठानले झापामा नाटक घर बनाउन एक थान इट्टा माग्ने अभियान सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले सबैसँग कम्तीमा एक थान इट्टा सहयोग मागिएको बताए । प्रतिष्ठानले ४ वर्षअघि सुरु गरेको यो अभियानबाट झण्डै २ करोड रुपैंयाँ बराबर संकलन भएको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कल्पितले नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक थान इट्टा माग्ने अभियान चलाइएको बताए । २०५८ सालमा मेचीको पाँचथरमा स्थापना भएको प्रतिष्ठानले केही जग्गा पनि पाएको छ । झण्डै एक बिगाहा जग्गा भए आफूहरुले चाहेजस्तो भवन बनाउन सकिने अध्यक्ष कल्पितको भनाई छ । अहिले प्रतिष्ठानसँग ३ कठ्ठा ७ धुरमात्र जमिन रहेको छ ।बहुजाती, बहुभाषी, बहुसांस्कृति संग्रहालयसँगै नाटक घर स्थापना गर्ने र कला, संस्कृति र साहित्यको उत्थान गर्ने आफूहरुको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार डा. रमेश शुभेच्छुकले बताए । उनले प्रतिष्ठानले सुरु गरेको अभियानमा सबैको साथ रहनुपर्नेमा जोड दिए । उनले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
अध्यक्ष कल्पितले आफूहरुको कामले देशको गौरव बढ्ने र त्यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने दाबीसमेत गरे । उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोग भएको खण्डमा थोरै समयमा नै निर्माण सम्पन्न हुने पनि स्पष्ट पारे । उनले एक थान इटा माग्ने अभियान सांकेतिक भएको र सहयोग गर्नेले ठूलो मात्रामा पनि सहयोग गरेको पनि बताए । सबैले एक थान इटा दिए पक्कै पनि भवन बन्छ भनेर यो अभियान चलाइएको उनले बताए ।
प्रतिष्ठानले कोशी प्रदेशभर आफ्ना शाखा र उपशाखा स्थापना भइसकेको जनाएको छ । बालबालिका, युवा र बृद्ध गरी ५ सय ८२ जना यस प्रतिष्ठानसँग आबद्ध भएर आफ्नो कला र प्रतिभा देखाउने गरेको प्रतिष्ठानले जनाएको छ । ‘समाजमा विद्यमान जातीय विभेद, कुरिती, कु–संस्कार र अन्धविश्वासविरुद्ध गाउँबस्तीका टोलटोलसम्म पुगेर नाटकीय माध्यमबाट सचेतना प्रदान गर्ने उद्येश्यले यसको स्थापना भएको छ’ प्रतिष्ठानद्वारा विज्ञप्तीमा भनिएको छ ‘स्थापनाकालदेखि नै यस प्रतिष्ठानले गाउँबस्तीका दूरदराजसम्म पुगेर लागूऔषध न्यूनीकरण, महिला हिंसा, मानव बेचबिखन, वन तथा वातावरण संरक्षणलगायतका यावत् विषयमा समाजमा सचेतना छर्दै आएको छ ।’
२०७५ साल असार ११ गतेदेखि एक थान इट्टा माग्ने अभियान सञ्चालन गरेको प्रतिष्ठानले आफूहरुको महान काममा सहयोग गर्न सबैलाई आव्हान गरेको छ । पहिचानसहितको पूर्वीय संस्कृति बचाउने उद्येश्यका साथ सांस्कृतिक संग्रहालय निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
ताजा
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





