नाटक घर बनाउन एउटा इट्टा माग्दै क्षितिज नाट्य प्रतिष्ठान

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । विर्तामोड–१ झापामा रहेको क्षितिज नाट्य प्रतिष्ठानले झापामा नाटक घर बनाउन एक थान इट्टा माग्ने अभियान सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले सबैसँग कम्तीमा एक थान इट्टा सहयोग मागिएको बताए । प्रतिष्ठानले ४ वर्षअघि सुरु गरेको यो अभियानबाट झण्डै २ करोड रुपैंयाँ बराबर संकलन भएको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कल्पितले नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक थान इट्टा माग्ने अभियान चलाइएको बताए । २०५८ सालमा मेचीको पाँचथरमा स्थापना भएको प्रतिष्ठानले केही जग्गा पनि पाएको छ । झण्डै एक बिगाहा जग्गा भए आफूहरुले चाहेजस्तो भवन बनाउन सकिने अध्यक्ष कल्पितको भनाई छ । अहिले प्रतिष्ठानसँग ३ कठ्ठा ७ धुरमात्र जमिन रहेको छ ।बहुजाती, बहुभाषी, बहुसांस्कृति संग्रहालयसँगै नाटक घर स्थापना गर्ने र कला, संस्कृति र साहित्यको उत्थान गर्ने आफूहरुको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार डा. रमेश शुभेच्छुकले बताए । उनले प्रतिष्ठानले सुरु गरेको अभियानमा सबैको साथ रहनुपर्नेमा जोड दिए । उनले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

अध्यक्ष कल्पितले आफूहरुको कामले देशको गौरव बढ्ने र त्यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने दाबीसमेत गरे । उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोग भएको खण्डमा थोरै समयमा नै निर्माण सम्पन्न हुने पनि स्पष्ट पारे । उनले एक थान इटा माग्ने अभियान सांकेतिक भएको र सहयोग गर्नेले ठूलो मात्रामा पनि सहयोग गरेको पनि बताए । सबैले एक थान इटा दिए पक्कै पनि भवन बन्छ भनेर यो अभियान चलाइएको उनले बताए ।

प्रतिष्ठानले कोशी प्रदेशभर आफ्ना शाखा र उपशाखा स्थापना भइसकेको जनाएको छ । बालबालिका, युवा र बृद्ध गरी ५ सय ८२ जना यस प्रतिष्ठानसँग आबद्ध भएर आफ्नो कला र प्रतिभा देखाउने गरेको प्रतिष्ठानले जनाएको छ । ‘समाजमा विद्यमान जातीय विभेद, कुरिती, कु–संस्कार र अन्धविश्वासविरुद्ध गाउँबस्तीका टोलटोलसम्म पुगेर नाटकीय माध्यमबाट सचेतना प्रदान गर्ने उद्येश्यले यसको स्थापना भएको छ’ प्रतिष्ठानद्वारा विज्ञप्तीमा भनिएको छ ‘स्थापनाकालदेखि नै यस प्रतिष्ठानले गाउँबस्तीका दूरदराजसम्म पुगेर लागूऔषध न्यूनीकरण, महिला हिंसा, मानव बेचबिखन, वन तथा वातावरण संरक्षणलगायतका यावत् विषयमा समाजमा सचेतना छर्दै आएको छ ।’

२०७५ साल असार ११ गतेदेखि एक थान इट्टा माग्ने अभियान सञ्चालन गरेको प्रतिष्ठानले आफूहरुको महान काममा सहयोग गर्न सबैलाई आव्हान गरेको छ । पहिचानसहितको पूर्वीय संस्कृति बचाउने उद्येश्यका साथ सांस्कृतिक संग्रहालय निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal