नाटक घर बनाउन एउटा इट्टा माग्दै क्षितिज नाट्य प्रतिष्ठान

काठमाडौं । विर्तामोड–१ झापामा रहेको क्षितिज नाट्य प्रतिष्ठानले झापामा नाटक घर बनाउन एक थान इट्टा माग्ने अभियान सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले सबैसँग कम्तीमा एक थान इट्टा सहयोग मागिएको बताए । प्रतिष्ठानले ४ वर्षअघि सुरु गरेको यो अभियानबाट झण्डै २ करोड रुपैंयाँ बराबर संकलन भएको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कल्पितले नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक थान इट्टा माग्ने अभियान चलाइएको बताए । २०५८ सालमा मेचीको पाँचथरमा स्थापना भएको प्रतिष्ठानले केही जग्गा पनि पाएको छ । झण्डै एक बिगाहा जग्गा भए आफूहरुले चाहेजस्तो भवन बनाउन सकिने अध्यक्ष कल्पितको भनाई छ । अहिले प्रतिष्ठानसँग ३ कठ्ठा ७ धुरमात्र जमिन रहेको छ ।बहुजाती, बहुभाषी, बहुसांस्कृति संग्रहालयसँगै नाटक घर स्थापना गर्ने र कला, संस्कृति र साहित्यको उत्थान गर्ने आफूहरुको लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार डा. रमेश शुभेच्छुकले बताए । उनले प्रतिष्ठानले सुरु गरेको अभियानमा सबैको साथ रहनुपर्नेमा जोड दिए । उनले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
अध्यक्ष कल्पितले आफूहरुको कामले देशको गौरव बढ्ने र त्यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने दाबीसमेत गरे । उनले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोग भएको खण्डमा थोरै समयमा नै निर्माण सम्पन्न हुने पनि स्पष्ट पारे । उनले एक थान इटा माग्ने अभियान सांकेतिक भएको र सहयोग गर्नेले ठूलो मात्रामा पनि सहयोग गरेको पनि बताए । सबैले एक थान इटा दिए पक्कै पनि भवन बन्छ भनेर यो अभियान चलाइएको उनले बताए ।
प्रतिष्ठानले कोशी प्रदेशभर आफ्ना शाखा र उपशाखा स्थापना भइसकेको जनाएको छ । बालबालिका, युवा र बृद्ध गरी ५ सय ८२ जना यस प्रतिष्ठानसँग आबद्ध भएर आफ्नो कला र प्रतिभा देखाउने गरेको प्रतिष्ठानले जनाएको छ । ‘समाजमा विद्यमान जातीय विभेद, कुरिती, कु–संस्कार र अन्धविश्वासविरुद्ध गाउँबस्तीका टोलटोलसम्म पुगेर नाटकीय माध्यमबाट सचेतना प्रदान गर्ने उद्येश्यले यसको स्थापना भएको छ’ प्रतिष्ठानद्वारा विज्ञप्तीमा भनिएको छ ‘स्थापनाकालदेखि नै यस प्रतिष्ठानले गाउँबस्तीका दूरदराजसम्म पुगेर लागूऔषध न्यूनीकरण, महिला हिंसा, मानव बेचबिखन, वन तथा वातावरण संरक्षणलगायतका यावत् विषयमा समाजमा सचेतना छर्दै आएको छ ।’
२०७५ साल असार ११ गतेदेखि एक थान इट्टा माग्ने अभियान सञ्चालन गरेको प्रतिष्ठानले आफूहरुको महान काममा सहयोग गर्न सबैलाई आव्हान गरेको छ । पहिचानसहितको पूर्वीय संस्कृति बचाउने उद्येश्यका साथ सांस्कृतिक संग्रहालय निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार