९३ वर्षीय खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिकाका ९३ वर्षीय नरबम खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै रहेको छ ।

नगरपालिकाको वडा नम्बर २ अमरदहमा अमरदह क्याम्पस सञ्चालन गर्ने भनेर उनी लागेको वर्षौं भइसक्यो तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन नदिँदा क्याम्पस सञ्चालन हुन सकेको छैन । प्रस्तावित क्याम्पसका अध्यक्ष खत्री अहिले काठमाडौं आएका छन् । उनले विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट्ने अनेक प्रयास गरे पनि सम्भव भएको छैन । ‘अलिकति गम्भीर कुरा गर्नु छ, त्यो ठाउँमा क्याम्पस चाहिने भएकाले नै म बुढो मान्छे अघि सरेको हुँ’ उनले भने ‘त्यो ठाउँमा क्याम्पस नभएकाले विद्यार्थीहरु अध्ययन गर्न टाढासम्म धाउनुपरेको छ त्यसैले क्याम्पसको माग गरेका हौं ।’ पूर्व प्रधानपञ्चसमेत रहेका खत्रीले प्रक्रिया अघि बढाएको धेरै वर्ष बितिसक्दा पनि सम्बन्धन नदिनु दुःखद् रहेको बताएका छन् । बाँस्कोटा उपकुलपति भएर आएदेखि नै सम्बन्धन नदिएको जनाइएको छ ।

क्याम्पस सञ्चालनका लागि पहल गर्दै आएका भोजपुरका समाजसेवी शिव खत्रीले धेरै क्याम्पस सञ्चालनमा समस्या आएकाले सम्बन्धन रोकेको जवाफ विश्वविद्यालयले दिएको बताए । उनले अरु विश्वविद्यालयभन्दा पनि आफूहरुले त्रिभुवन विश्वविद्यालयको नै सम्बन्धन लिन चाहेको पनि स्पष्ट पारेका छन् । अमरदहको बीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा २०६५ सालदेखि शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाई भइरहेको छ । यसै विद्यालयमा क्याम्पस सञ्चालनको तयारी गरिएको हो । ११ र १२ मा दुई सयभन्दा बढी विद्यार्थी रहेका छन् । वरपरका विद्यालयमा १२ कक्षा सकेका विद्यार्थीले पनि नजिकै क्याम्पस नपाउँदा पढ्नलाई १५ किमी टाढा जानुपर्ने बाध्यता रहेको जनाइएको छ । यो क्षेत्रमा गरिब, दलित, आदिवासी, जनजाति, मुश्लिम विद्यार्थीहरु बढी रहेकाले नजिकै क्याम्पसको अभावमा उनीहरुले पढाई छोड्नुपर्ने अवस्था आएको प्रस्तावित क्याम्पसका अध्यक्ष खत्रीले बताए ।

विद्यालयले स्थानीय विद्यार्थी, अभिभावक, बुद्धिजिबी तथा समाजसेवीको सुझाव र सल्लाहमा क्याम्पस सञ्चालनको लागि २५ लाख रुपैंयाँको क्याम्पस सञ्चालन कोष खडा गरेको छ । २०७४ साल कार्तिक २२ गते स्नातक तहको शिक्षाशास्त्र संकायको सम्बन्धन फारम भरेर क्याम्पस सञ्चालनको अनुमति मागे पनि ६ वर्ष बित्दासमेत कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । उनीहरुले यही दिन त्रिविलाई ६६ हजार रुपैंयाँसमेत बुझाएका थिए । त्रिभुवन विश्वविद्यालयले सम्भावित अध्ययन गरेर त्यसको प्रतिबेदन पनि त्रिविको डिन कार्यालयमा बुझाइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतले क्याम्पस यो क्षेत्रको लागि आवश्यकता रहेको बताए । ‘धेरै विद्यार्थीहरु क्याम्पस पढ्न नपाएर पढाई छोड्ने अवस्थामा छन् त्यसैले क्याम्पसको माग गरेका हौं’ उनले भने ‘हामीले क्याम्पस सञ्चालनका लागि के –के गर्नुपर्छ भनेर आवश्यक प्रक्रिया पु¥याइसकेका छौं, सम्बन्धन दिएपछि हामी अघि बढछौं ।’ उनले कुनै पनि बहानामा सम्बन्धन रोक्न नहुने पनि बताए ।

14 Views

ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन

२०८० आश्विन ३ गते, बुधबार

एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

२०८० आश्विन ३ गते, बुधबार

संविधानले सम्झिएका सुशील र सुवास

२०८० आश्विन ३ गते, बुधबार

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल

२०८० आश्विन ३ गते, बुधबार

संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल

२०८० आश्विन ३ गते, बुधबार

मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा

२०८० आश्विन ३ गते, बुधबार

आज संविधान दिवस, सार्वजनिक विदा

२०८० आश्विन ३ गते, बुधबार

आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने

२०८० आश्विन ३ गते, बुधबार

हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

२०८० आश्विन २ गते, मंगलवार

३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू

२०८० आश्विन २ गते, मंगलवार

लोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….

२०७९ आश्विन ४ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal