९३ वर्षीय खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिकाका ९३ वर्षीय नरबम खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै रहेको छ ।

नगरपालिकाको वडा नम्बर २ अमरदहमा अमरदह क्याम्पस सञ्चालन गर्ने भनेर उनी लागेको वर्षौं भइसक्यो तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन नदिँदा क्याम्पस सञ्चालन हुन सकेको छैन । प्रस्तावित क्याम्पसका अध्यक्ष खत्री अहिले काठमाडौं आएका छन् । उनले विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट्ने अनेक प्रयास गरे पनि सम्भव भएको छैन । ‘अलिकति गम्भीर कुरा गर्नु छ, त्यो ठाउँमा क्याम्पस चाहिने भएकाले नै म बुढो मान्छे अघि सरेको हुँ’ उनले भने ‘त्यो ठाउँमा क्याम्पस नभएकाले विद्यार्थीहरु अध्ययन गर्न टाढासम्म धाउनुपरेको छ त्यसैले क्याम्पसको माग गरेका हौं ।’ पूर्व प्रधानपञ्चसमेत रहेका खत्रीले प्रक्रिया अघि बढाएको धेरै वर्ष बितिसक्दा पनि सम्बन्धन नदिनु दुःखद् रहेको बताएका छन् । बाँस्कोटा उपकुलपति भएर आएदेखि नै सम्बन्धन नदिएको जनाइएको छ ।

क्याम्पस सञ्चालनका लागि पहल गर्दै आएका भोजपुरका समाजसेवी शिव खत्रीले धेरै क्याम्पस सञ्चालनमा समस्या आएकाले सम्बन्धन रोकेको जवाफ विश्वविद्यालयले दिएको बताए । उनले अरु विश्वविद्यालयभन्दा पनि आफूहरुले त्रिभुवन विश्वविद्यालयको नै सम्बन्धन लिन चाहेको पनि स्पष्ट पारेका छन् । अमरदहको बीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा २०६५ सालदेखि शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाई भइरहेको छ । यसै विद्यालयमा क्याम्पस सञ्चालनको तयारी गरिएको हो । ११ र १२ मा दुई सयभन्दा बढी विद्यार्थी रहेका छन् । वरपरका विद्यालयमा १२ कक्षा सकेका विद्यार्थीले पनि नजिकै क्याम्पस नपाउँदा पढ्नलाई १५ किमी टाढा जानुपर्ने बाध्यता रहेको जनाइएको छ । यो क्षेत्रमा गरिब, दलित, आदिवासी, जनजाति, मुश्लिम विद्यार्थीहरु बढी रहेकाले नजिकै क्याम्पसको अभावमा उनीहरुले पढाई छोड्नुपर्ने अवस्था आएको प्रस्तावित क्याम्पसका अध्यक्ष खत्रीले बताए ।

विद्यालयले स्थानीय विद्यार्थी, अभिभावक, बुद्धिजिबी तथा समाजसेवीको सुझाव र सल्लाहमा क्याम्पस सञ्चालनको लागि २५ लाख रुपैंयाँको क्याम्पस सञ्चालन कोष खडा गरेको छ । २०७४ साल कार्तिक २२ गते स्नातक तहको शिक्षाशास्त्र संकायको सम्बन्धन फारम भरेर क्याम्पस सञ्चालनको अनुमति मागे पनि ६ वर्ष बित्दासमेत कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । उनीहरुले यही दिन त्रिविलाई ६६ हजार रुपैंयाँसमेत बुझाएका थिए । त्रिभुवन विश्वविद्यालयले सम्भावित अध्ययन गरेर त्यसको प्रतिबेदन पनि त्रिविको डिन कार्यालयमा बुझाइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतले क्याम्पस यो क्षेत्रको लागि आवश्यकता रहेको बताए । ‘धेरै विद्यार्थीहरु क्याम्पस पढ्न नपाएर पढाई छोड्ने अवस्थामा छन् त्यसैले क्याम्पसको माग गरेका हौं’ उनले भने ‘हामीले क्याम्पस सञ्चालनका लागि के –के गर्नुपर्छ भनेर आवश्यक प्रक्रिया पु¥याइसकेका छौं, सम्बन्धन दिएपछि हामी अघि बढछौं ।’ उनले कुनै पनि बहानामा सम्बन्धन रोक्न नहुने पनि बताए ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal