९३ वर्षीय खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै
काठमाडौं । मोरङको सुनवर्षी नगरपालिकाका ९३ वर्षीय नरबम खत्रीको क्याम्पस खोल्ने चाहना अधूरै रहेको छ ।
नगरपालिकाको वडा नम्बर २ अमरदहमा अमरदह क्याम्पस सञ्चालन गर्ने भनेर उनी लागेको वर्षौं भइसक्यो तर त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन नदिँदा क्याम्पस सञ्चालन हुन सकेको छैन । प्रस्तावित क्याम्पसका अध्यक्ष खत्री अहिले काठमाडौं आएका छन् । उनले विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई भेट्ने अनेक प्रयास गरे पनि सम्भव भएको छैन । ‘अलिकति गम्भीर कुरा गर्नु छ, त्यो ठाउँमा क्याम्पस चाहिने भएकाले नै म बुढो मान्छे अघि सरेको हुँ’ उनले भने ‘त्यो ठाउँमा क्याम्पस नभएकाले विद्यार्थीहरु अध्ययन गर्न टाढासम्म धाउनुपरेको छ त्यसैले क्याम्पसको माग गरेका हौं ।’ पूर्व प्रधानपञ्चसमेत रहेका खत्रीले प्रक्रिया अघि बढाएको धेरै वर्ष बितिसक्दा पनि सम्बन्धन नदिनु दुःखद् रहेको बताएका छन् । बाँस्कोटा उपकुलपति भएर आएदेखि नै सम्बन्धन नदिएको जनाइएको छ ।
क्याम्पस सञ्चालनका लागि पहल गर्दै आएका भोजपुरका समाजसेवी शिव खत्रीले धेरै क्याम्पस सञ्चालनमा समस्या आएकाले सम्बन्धन रोकेको जवाफ विश्वविद्यालयले दिएको बताए । उनले अरु विश्वविद्यालयभन्दा पनि आफूहरुले त्रिभुवन विश्वविद्यालयको नै सम्बन्धन लिन चाहेको पनि स्पष्ट पारेका छन् । अमरदहको बीरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा २०६५ सालदेखि शिक्षा र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाई भइरहेको छ । यसै विद्यालयमा क्याम्पस सञ्चालनको तयारी गरिएको हो । ११ र १२ मा दुई सयभन्दा बढी विद्यार्थी रहेका छन् । वरपरका विद्यालयमा १२ कक्षा सकेका विद्यार्थीले पनि नजिकै क्याम्पस नपाउँदा पढ्नलाई १५ किमी टाढा जानुपर्ने बाध्यता रहेको जनाइएको छ । यो क्षेत्रमा गरिब, दलित, आदिवासी, जनजाति, मुश्लिम विद्यार्थीहरु बढी रहेकाले नजिकै क्याम्पसको अभावमा उनीहरुले पढाई छोड्नुपर्ने अवस्था आएको प्रस्तावित क्याम्पसका अध्यक्ष खत्रीले बताए ।
विद्यालयले स्थानीय विद्यार्थी, अभिभावक, बुद्धिजिबी तथा समाजसेवीको सुझाव र सल्लाहमा क्याम्पस सञ्चालनको लागि २५ लाख रुपैंयाँको क्याम्पस सञ्चालन कोष खडा गरेको छ । २०७४ साल कार्तिक २२ गते स्नातक तहको शिक्षाशास्त्र संकायको सम्बन्धन फारम भरेर क्याम्पस सञ्चालनको अनुमति मागे पनि ६ वर्ष बित्दासमेत कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । उनीहरुले यही दिन त्रिविलाई ६६ हजार रुपैंयाँसमेत बुझाएका थिए । त्रिभुवन विश्वविद्यालयले सम्भावित अध्ययन गरेर त्यसको प्रतिबेदन पनि त्रिविको डिन कार्यालयमा बुझाइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर बस्नेतले क्याम्पस यो क्षेत्रको लागि आवश्यकता रहेको बताए । ‘धेरै विद्यार्थीहरु क्याम्पस पढ्न नपाएर पढाई छोड्ने अवस्थामा छन् त्यसैले क्याम्पसको माग गरेका हौं’ उनले भने ‘हामीले क्याम्पस सञ्चालनका लागि के –के गर्नुपर्छ भनेर आवश्यक प्रक्रिया पु¥याइसकेका छौं, सम्बन्धन दिएपछि हामी अघि बढछौं ।’ उनले कुनै पनि बहानामा सम्बन्धन रोक्न नहुने पनि बताए ।
ताजा
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





