प्रितम र कार्की बने मेरो भ्वाइसको विजेता

गोदावरी । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड) ले हात पारेका छन् ।
त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) हुनुभयो । ती प्रतियोगिताको शनिवार राति भएको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा श्रोताको मतबाट छानिएका हुन् ।
मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमागाईँ (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहनुभएको छ । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहनुभएको छ ।
इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख, थर्ड रनरअपले रु १० लाख र फोर्थ रनरअपले रु पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ ।
शनिवार राति गोदावरीको सनराइज कन्फ्रेन्स् हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले रु २० लाख पुरस्कार प्राप्त गरेको छ । फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान)ले रु १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख प्राप्त गरेको छ ।
उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुरस्कार प्रदान गर्नुभयो । कलाकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको ठुलो सङ्ख्याको उपस्थिति रहेको उक्त ग्रान्ड फिनालेमा विजेता र उपविजेता घोषणा गरिएको र उनीहरूलाई प्रधानमन्त्री दाहालले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा उहाँले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि एक महाअभियान भएकाले यसलाई आगामी दिनमा थप विस्तारित गर्न आग्रह गर्नुभयो ।
सो गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जिलिङका साइराज खाती तथा नेपालको सङ्खुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईँ अन्तिम पाँचमा थिए ।
त्यसैगरी नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङा डि लेप्चा (सिक्किम), खुसी कार्की (थाइल्यान्ड), देवी गर्वुजा मगर (बेल्जियम) तथा नेपालको नेशन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा परेका थिए ।
तीन महिनासम्म छनोट र नेपाल टेलिभिजनबाट प्रसारण भएका दुई कार्यक्रमले संसारभर रहेका नेपालीको ध्यान तान्न सफल भएको थियो । फाउन्डेसनले संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउँदै आएको छ ।
पुरस्कार वितरण समारोहमा उक्त फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपाल भाषीसम्म पुनः पुर्याउन सफल भएको बताउनुभयो । उहाँले यसबाट संसारका सबै नेपाली खुसी भएका र उनीहरूले आगामी दिनमा यस कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेका जनाउनुभयो ।
गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा हुनुहुन्छ भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शङ्कर बिसी, दिलीप रायमाझी, प्रियङ्का कार्की, केकी अधिकारी र नरमान राई निर्णायक हुनुहुन्छ ।
यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार