टोखाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण
काठमाडौं / काठमाडौंको टोखा नगरपालिकाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू भएको छ ।
चीनको शिक्षा मन्त्रालयको चीन विदेशी भाषा आदानप्रदान सहयोग केन्द्रद्वारा प्रायोजन गरिएको भाषा प्रशिक्षणलाई नेपाल टीसीएम सेन्टर, चाइना नेपाल अस्पताल, गणेश इङ्लिस स्कुल र तिलिङ्गाटार माध्यमिक विद्यालयले सह–प्रायोजन गरेका थिए ।
चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमालका अनुसार यो भाषा कक्षा चाइनिज ब्रिजकोर्स परियोजना अन्तर्गत सञ्चालित छ । नेपाली जनतामा चिनियाँ भाषा सिक्ने इच्छा बढ्दै गएकाले भाषा प्रशिक्षण प्रभावकारी बनेको रिमालले बताइन् । यो परियोजनामार्फत नेपाली विद्यार्थीहरुले चिनियाँ रितिरिवाज, सामाजिक, सांस्कृतिक विशेषताहरु जान्न सक्ने छन् । यसले समय र स्रोतको बचत गर्दै भाषा सिकाई प्रभावकारी बनाउने गरेको आयोजकको अनुभव छ । चीनले विश्व बजारमा प्रभाव विस्तार गर्दै गएको सन्दर्भमा चिनियाँ भाषाको ज्ञानले भविष्यमा राम्रो रोजगारीको अवसर पाउन सक्ने सम्भावना छ ।
‘नेपालमा चिनियाँ भाषाको उज्यालो भविष्य छ, नेपालमा चिनियाँ परियोजनाहरु सञ्चालनमा छन्, दुई देशबीच ब्यापार सम्बन्ध बलियो हुँदै गएको छ । पर्यटनमार्फत जनस्तरको सम्बन्ध झन्झन् विस्तार हुँदै गएको छ । यो सन्दर्भमा चिनियाँ भाषामा दक्ष जनशक्तिको माग बढ्दो छ त्यसैले विद्यार्थीहरुलाई चिनियाँ भाषा सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने परियोजनाको उद्देश्य हो’ रिमाल भन्छिन् ।
उनका अनुसार परियोजनाअन्तर्गत चिनियाँ भाषा सिक्नका लागि विद्यार्थीहरुलाई कुनै किसिमको आर्थिक भार पर्दैन । यसैले पनि विद्यार्थीहरु भाषा सिक्नका लागि उत्सुक देखिन्छन् । ‘भाषा शिक्षकहरुमा अन्तर्राष्ट्रिय आदानप्रदानको अनुभव र राम्रो शिक्षण कला छ जसले विद्यार्थीहरुलाई चीनसँग सम्बन्धित ज्ञान लिनलाई सजिलो बनाएको छ’ रिमालले भनिन् ।
गणेश इङ्लिस स्कुलका प्रधानाध्यापक विश्व डंगोल आफ्ना विद्यार्थीहरु चिनियाँ भाषा सिक्न निकै उत्साहित देखिएको बताउँछन् । उनी यसबारे भन्छन् ‘विश्वशक्तिका रुपमा स्थापित हुँदै गएको चीनको विश्व ब्यापार उकालो लाग्दो छ । विश्वभर आर्थिक प्रभाव विस्तार गर्दै गएको चीनको भाषा सिक्न पाउनु विद्यार्थीका लागि राम्रो भविष्यको आधार बनाउनु हो ।’
नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो छ । यहाँ महँगो शुल्क लिएर चिनियाँ भाषा सिकाउने गरिएको छ । कतिपय विद्यालयले समेत महँगो शुल्क लिएर चिनियाँ भाषा अध्यापन गराउने गरेका छन् । काठमाडौंका महँगा विद्यालयमध्ये गनिने रातो बंगाला स्कुललगायतले यस्ता भाषा कक्षा चलाउँछन् । यस प्रकारका स्कुलमा सर्वसाधारण परिवारका सन्तानको पहुँच छैन त्यसैले पनि उनीहरुका लागि टीसीएम सेन्टरद्वारा सञ्चालित परियोजनाका कक्षाहरु लाभदायक बनेका छन् । सेन्टरले चीन सरकारको परियोजना अन्तर्गत चिनियाँ भाषा विज्ञहरु तथा विभिन्न संस्थाहरुको सहयोगमा यस्ता भाषा कक्षाहरुका साथै स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।
ताजा
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबार
पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा
२०८३ श्रावण १८ गते, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८ गते, सोमबार
निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team
२०८३ श्रावण १७ गते, आईतवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





