नेपालमा चिनिया उपचार पद्धति बिस्तार हुँदै

काठमाडौं । नेपालमा चिनियाँ उपचार पद्धति एवं चिनिया भाषाप्रतिको आकर्षण बढ्दै गएको छ ।
नेपाली नागरिकबीच चिनियाँ भाषा तथा उपचार पद्धतिबारे सबैलाई जानकारी गराउन काठमाडौंको बसुन्धरामा रहेको चाइना नेपाल टीसीएम सेन्टर (चाइना नेपाल अस्पताल) ले निःशुल्क उपचार शिविर तथा भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिनियाँ प्राकृतिक उपचार पद्धतिबाट उपचार गरिने स्वास्थ्य शिविर तथा भाषा प्रशिक्षण शिविरमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहने गरेको छ ।
विश्व समुदायबीच कनेक्टिभिटी बढाउन चीन सरकारले अगाडि बढाएको बेल्ट एण्ड रोड परियोजना अन्तर्गत चीनको जियान अस्पताल, सियान अस्पताल र नेपालको चाइना नेपाल टीसीएम सेन्टरको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, लुम्बिनी विश्वविद्यालय तथा विभिन्न क्याम्पसहरुमा निःशुल्क स्वास्थ्य शिविर, तालिम र भाषा प्रशिक्षण कक्षाहरु सम्पन्न गरिएको छ ।
चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका सजना रिमालका अनुसार चिनियाँ परम्परागत उपचार पद्धति सरल, सहज, सस्तो र सुरक्षित छ । सबै राम्रा विशेषता भएक कारण पछिल्लो समयमा यसको प्रभावकारिता पनि बढ्दै गएको छ । यो पद्धतिको तालिम प्राप्त गरेपछि सामुदायिक स्वास्थ्यकर्मीहरु जस्तै नर्स, हेल्थ असिस्टेन्ट, कविराज तथा डाक्टरहरुले विरामीको उपचारमा अतिरिक्त सीप प्रयोग गर्न सक्छन् । विद्यार्थी तथा समुदायमा विभिन्न ढंगले परिचालित स्वास्थ्य स्वयंसेविकाहरुले यो तालिम पाएपछि आफ्नो तथा परिवारका सदस्यहरुको स्वास्थ्य उपचार आफैंले सहज रुपमा गर्न सकेको प्रतिक्रिया दिएका छन् ।
चिनियाँ उपचार पद्धतिमा पनि भित्री र बाहिरी गरी दुई उपचार विधि हुन्छन् । चाइना नेपाल टीसीएम सेन्टरले बाहिरी उपचार पद्धति र थेरापीहरुको तालिम दिने गरेको छ । थेरापीअन्तर्गत अकुपङ्चर, अकुप्रेसर, कपिङग, कानको अकुप्रेसन, मोक्जी बेसन, स्क्रिपिङ आदि सिकाउने गरिएको छ । यो कार्यक्रम चिनियाँ राष्ट्रपति सी चीन फिङले छिमेकी तथा अन्य मित्र राष्ट्रहरुका लागि कूटनीतिक उपहारका रुपमा अगाडि बढाएका हुन् । यो उपहार नेपाललगायत विभिन्न ३० मुलुकले पाइसकेको चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमाल बताउँछिन् ।
सेन्टरले चीनको शिक्षा मन्त्रालयअन्तर्गत चीन विदेशी भाषा आदान प्रदान सहयोग केन्द्रद्वारा प्रायोजित चिनियाँ भाषा प्रशिक्षण कक्षाहरुसमेत सञ्चालन गर्दै आएको छ ।
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार