टोखाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण

काठमाडौं / काठमाडौंको टोखा नगरपालिकाका विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू भएको छ ।
चीनको शिक्षा मन्त्रालयको चीन विदेशी भाषा आदानप्रदान सहयोग केन्द्रद्वारा प्रायोजन गरिएको भाषा प्रशिक्षणलाई नेपाल टीसीएम सेन्टर, चाइना नेपाल अस्पताल, गणेश इङ्लिस स्कुल र तिलिङ्गाटार माध्यमिक विद्यालयले सह–प्रायोजन गरेका थिए ।
चाइना नेपाल टीसीएम सेन्टरका सञ्चालिका रिमालका अनुसार यो भाषा कक्षा चाइनिज ब्रिजकोर्स परियोजना अन्तर्गत सञ्चालित छ । नेपाली जनतामा चिनियाँ भाषा सिक्ने इच्छा बढ्दै गएकाले भाषा प्रशिक्षण प्रभावकारी बनेको रिमालले बताइन् । यो परियोजनामार्फत नेपाली विद्यार्थीहरुले चिनियाँ रितिरिवाज, सामाजिक, सांस्कृतिक विशेषताहरु जान्न सक्ने छन् । यसले समय र स्रोतको बचत गर्दै भाषा सिकाई प्रभावकारी बनाउने गरेको आयोजकको अनुभव छ । चीनले विश्व बजारमा प्रभाव विस्तार गर्दै गएको सन्दर्भमा चिनियाँ भाषाको ज्ञानले भविष्यमा राम्रो रोजगारीको अवसर पाउन सक्ने सम्भावना छ ।
‘नेपालमा चिनियाँ भाषाको उज्यालो भविष्य छ, नेपालमा चिनियाँ परियोजनाहरु सञ्चालनमा छन्, दुई देशबीच ब्यापार सम्बन्ध बलियो हुँदै गएको छ । पर्यटनमार्फत जनस्तरको सम्बन्ध झन्झन् विस्तार हुँदै गएको छ । यो सन्दर्भमा चिनियाँ भाषामा दक्ष जनशक्तिको माग बढ्दो छ त्यसैले विद्यार्थीहरुलाई चिनियाँ भाषा सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने परियोजनाको उद्देश्य हो’ रिमाल भन्छिन् ।
उनका अनुसार परियोजनाअन्तर्गत चिनियाँ भाषा सिक्नका लागि विद्यार्थीहरुलाई कुनै किसिमको आर्थिक भार पर्दैन । यसैले पनि विद्यार्थीहरु भाषा सिक्नका लागि उत्सुक देखिन्छन् । ‘भाषा शिक्षकहरुमा अन्तर्राष्ट्रिय आदानप्रदानको अनुभव र राम्रो शिक्षण कला छ जसले विद्यार्थीहरुलाई चीनसँग सम्बन्धित ज्ञान लिनलाई सजिलो बनाएको छ’ रिमालले भनिन् ।
गणेश इङ्लिस स्कुलका प्रधानाध्यापक विश्व डंगोल आफ्ना विद्यार्थीहरु चिनियाँ भाषा सिक्न निकै उत्साहित देखिएको बताउँछन् । उनी यसबारे भन्छन् ‘विश्वशक्तिका रुपमा स्थापित हुँदै गएको चीनको विश्व ब्यापार उकालो लाग्दो छ । विश्वभर आर्थिक प्रभाव विस्तार गर्दै गएको चीनको भाषा सिक्न पाउनु विद्यार्थीका लागि राम्रो भविष्यको आधार बनाउनु हो ।’
नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दो छ । यहाँ महँगो शुल्क लिएर चिनियाँ भाषा सिकाउने गरिएको छ । कतिपय विद्यालयले समेत महँगो शुल्क लिएर चिनियाँ भाषा अध्यापन गराउने गरेका छन् । काठमाडौंका महँगा विद्यालयमध्ये गनिने रातो बंगाला स्कुललगायतले यस्ता भाषा कक्षा चलाउँछन् । यस प्रकारका स्कुलमा सर्वसाधारण परिवारका सन्तानको पहुँच छैन त्यसैले पनि उनीहरुका लागि टीसीएम सेन्टरद्वारा सञ्चालित परियोजनाका कक्षाहरु लाभदायक बनेका छन् । सेन्टरले चीन सरकारको परियोजना अन्तर्गत चिनियाँ भाषा विज्ञहरु तथा विभिन्न संस्थाहरुको सहयोगमा यस्ता भाषा कक्षाहरुका साथै स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार