रास्वपाबाट अरु दलहरुले पनि सिक्ने कि ?
गणेश जि.सी
काठमाडौं । राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसद बैठकबापत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि सेवा सुविधा नलिने बताएको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछाने नेतृत्वको टोलीले हिजो शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर यस्तो जानकारी दिएको हो ।
पछिल्लो समय राजनीतिक द्वन्द्वका कारण पटक–पटक संसद बैठक अवरोध हुँदै आएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफूहरुको माग पूरा नभएको भन्दै बैठक अवरोध गर्दै आएको छ । एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विभिन्न कारण देखाएर संसद बैठक अवरोध गरेको छ । खासगरी राप्रपाले एमालेले संसद अवरोध गर्ने बित्तिकै साथ दिन थालेको छ । हिजोका दिनमा अरु सामान्य कारणले पनि संसद बैठक अवरोध गर्ने एमालेले अहिले त्रिभुवन विमानस्थलबाट भित्रिएको सुन तस्करीको मुद्धा उठाएको छ ।
एमालेले सुन प्रकरणबारे छानबीन गर्न उच्चस्तरीय छानबीन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । सरकारले भनें यसको लागि छुट्टै छानबीन समिति नचाहिएको बताउँदै आएको छ । सरकारले अन्य सम्बन्धित निकायले छानबीन गरिरहेकाले अर्को समिति आवश्यक नपरेको प्रतिक्रिया दिए पनि एमाले भनें मानिरहेको छैन । केही दिनअघि संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे जवाफ दिएका थिए । एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको पनि आरोप लगाएको छ ।
पटक पटक संसद अवरोध हुँदा जनताका आवाज कुण्ठित हुँदै आएका छन् । रास्वपाले सभामुखलाई संसद नियमित सञ्चालन गर्न पनि आग्रह गरेको छ । सभामुख घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलान गर्न पनि आग्रह गरेका छन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्छ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ । रास्वपाका प्रतिनिधिसभामा उपसभामुखसहित २१ जना सांसद रहेका छन् । संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि रास्वपाले पत्रमार्फत जनाएको छ ।
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





