उपत्यकामा छैन खेतीयोग्य जमिन, खाली ठाउँ खोज्न बाहिरी जिल्ला जान्छन् स्थानीयबासी

२०८० श्रावण २७ गते, शनिबार

रुषा थापा
काठमाडौं उपत्यकाका स्थानीयबासीहरु भन्छन्, ‘हामी जन्मिँदा यहाँ सबै खेतको फाँट थियो । जताततै खुल्ला थियो । आफ्रनै बारीमा भान्सामा आवश्यक पर्ने सम्पूर्ण सामग्री उब्जनी हुन्थ्यो ।’ तर, अहिले उपत्यकाभित्र आफुहरुले केही पनि उत्पादन भएको नदेखिएको उनीहरु बताउँछन् । ‘हेर्दाहेर्दे खेतीयोग्य जमिन सबै मासियो । जताततै घर बन्यो । घर नबनाएपनि बाटो बनेको । उब्जनी हुने खेतीयोग्य जमिन सबै सकिएको छ,’ उनीहरु थप्छन् । आफुहरु जिउँदै हुँदा सबै खेतीयोग्य जमिन सकिएको उनीहरुको दुःखसो छ ।
पहिला आफ्रनै घरमा उत्पादन हुने अन्नलगायत तरकारी अहिले बजारबाट किनेर ल्याएर खानुपरेको उनीहरु बताउँछन् । यति मात्र नभई अबको केही वर्षमा उपत्यकामा थोरै पनि खाली ठाउँ नभेटिने उनीहरुको भनाइ छ । ‘पहिला आफ्रनै घरमा सम्पूर्ण खाद्यान्न उत्पादन गरिन्थ्यो । त्यस्ता खानेकुरा खाँदा बलियो र फुर्सिलो बनिन्थ्यो । तर, अहिले गुन्द्रक समेत बजारबाट किनेर ल्याएर खानुपरेको छ । त्यो पनि विषादीयुक्त हुन्छन्,’ उनीहरु भन्छन् ।
नेपालमा केही वर्षयता विदेशीबाट खाद्यान्न आयात गर्ने क्रम बढ्दो छ । यहाँ चामलदेखि गुन्द्रकसमेत बाहिरी मुलुकबाट आयात गरिन्छ । तर, भनिन्छ कृषि प्रधान मुलुक । यसरी बाहिरी मुलुकबाट खाद्यान्न आयात गर्दा एकातिर मुलुकको पैसा सबै बाहिर गएको छ, अर्कातिर विषादीयुक्त खान खाएर मानवको स्वास्थ्यमा नकारात्मक असर परेको छ । छिल्लो समय उपत्यकाबासीहरुले खाली ठाउँ देख्न पाएका छैनन् । उपत्यकाभित्र जन्मिएका बालबच्चाहरुलाई धान, मकै, कोदो कस्तो हुन्छ र कहाँ फल्छ ? भनेर समेत थाहा छैन । उनीहरुलाई त दूध कसले दिन्छ ? भनेर सोध्दा समेत डेरीले भन्छन् ।
अहिले उपत्यकाबासीहरु धान, मकै, गहुँहरु फलेको हेर्न वा खाली ठाउँ खोज्न जिल्लाजिल्ला जान्छन् । त्यस्तै, यहाँका विद्यार्थीहरु जमिनमा अन्न फल्छ भनेर त किताबमा पढ्छन् । तर, प्रत्यक्ष रुपमा देख्न पाउँदैनन् । उनीहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत धान, मकै, गहुँ फलेको हेर्छन् । नेपाललाई विश्वमा कृषि प्रधान मुलुक भनेर चिनिन्छ । नेपाल सरकारले प्रत्येक वर्षको असार १५ गते दही चिउरा खाएर धान दिवस मनाउदैं आएको छ । तर, त्यँही चिउरा र दही भने बाहिरी मुलुकबाट आयात गरिएको खाने गरिन्छ । यदि अन्य मुलुकले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाए नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था पाउँछ ।
२०३१÷३२ सालमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्ने गर्दैथ्यो । कतिपय अवस्थामा त अनुदान समेत दिन्थ्यो । तर, २०३८÷३९ सालदेखि भूमाफियाहरुले खेतीयोग्य जमिन प्लटिङ गर्न थाले । अहिले मुलुकभरका खेतीयोग्य जमिन भूमाफियाहरुले प्लटिङ वा खण्डीकरण गरेर सिध्याएका छन् । देशैभरिको ९० प्रतिशत खेतीयोग्य जमिन सकिएको छ । बाँकी रहेकोमा पनि ५ प्रतिशत बाँझो रहँदा ५ प्रतिशतमा अन्न उत्पादन गरिएको छ । जग्गा दलाली, भूमाफियाहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि सबै खेतीयोग्य जमिन सिध्याउँदा आज मुलुकमा व्यापार घाटा बढ्नुका साथै भोकमारी सुरु हुने देखिएको छ ।
२०४४÷४५ सालमा जग्गाधनीहरुसँग रोपनीको लाख रुपैयाँमा खेतीयोग्य जमिन किनेर खण्डीकरण गरेर वा प्लटिङ गरेर आनाकै करोड रुपैयाँमा बेचियो । यसरी छोटो समयमै धनी बन्ने भएपछि सरकारी कर्मचारीदेखि जोकोही यँही काममा लागे । यता, बैंक तथा वित्तिय संस्थाले पनि घरजग्गा भन्नेबित्तिकै कर्जा प्रवाह गर्ने भएपछि विदेश जानेदेखि सामान्य जागिर वा व्यापारव्यवसाय गर्नेले समेत जग्गा किनेर घर मात्र बनाउन थाले । उनीहरुले आफ्नो लगानी उत्पादनमूलक क्षेत्रमा गरेनन् । सरकारले पनि राजस्व संकलनको स्रोत घरजग्गामा नै देख्यो ।
पन्ध्र वर्षअगाडि एक जनाले आनाको एक लाखमा जग्गा किन्यो । किनेको ६ महिनामा उसले ४ लाख नाफा खाएर त्यँही जग्गा ५ लाखमा बेच्यो । पाँच लाखमा किनेको व्यक्तिले एक वर्षपछि १५ लाखमा बेच्यो । १५ लाखमा किनेकोले दुई वर्षपछि ३० लाखमा बेच्यो । यता, आनाको ३० लाखमा किनेको व्यक्तिले त्यँही जग्गा तीन वर्षपछि ६० लाखमा बेच्यो । ६० लाख आनामा किनेको जग्गा पाँच वर्षपछि करोड मूल्यमा बेचियो । हो यसरी जग्गाको मूल्य बढ्यो । जग्गा दलालीहरुले रातारात जग्गाको मूल्य बढाए । तर, अहिले बजारमा आएको आर्थिक मन्दीका कारण घरजग्गाको मूल्य पहिलाकै रेटमा झरेको छ । घरजग्गाको मूल्यमा गिरावट आएपछि महंगो रेटमा किनेहरु डुबेका छन् ।
बैंक तथा वित्तिय संस्थाहरु पनि फसेका छन् । उनीहरु भाग्नुपर्ने अवस्थामा पुगेका छन् । घरजग्गामा आएकै मन्दीका कारण सहकारीहरु रातारात टाप कसे । अब बैंकको पनि त्यँही हालत हुनेछ । सरकारभन्दा भूमाफियाहरु शक्तिशाली हुँदा पनि यो अवस्था निम्तिएको छ । सरकारले समयमै खेतीयोग्य जमिनमा घर र बाटो बनाउनमा रोक लगाएको भए आज न बैंक डुब्थ्यो न सहकारी भाग्थ्यो । यता, ऋणीहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुग्दैनन् थिए त मुलुकको अर्थतन्त्र धरायसी हुन्न थियो । सँगै सहर अस्तव्यस्त पनि हुदैँन थियो । पहिलापहिला मानिसहरु झुपडीमा बसेपनि आफ्रनै घरमा उत्पादन भएको अन्नलगायत तरकारी खान्थे । अहिले मानिसहरु महलमा बस्छन् । तर, विदेशी मुलुकले खाद्यान्न निर्यातमा रोक लगाए के खाने भनेर उनीहरुमा डर छ । खेतबारी बेचेर घर बनाउनुहुन्न, विवाह गर्नुहुन्न, गाडी किन्नुहुन्न भन्ने सोच पहिलाका मानिसहरुमा थियो । अहिले यसको ठिक विपरीत छ । पुर्खौली सम्पत्ति वा जमिन बेचेर विवाह गरिन्छ । घर बनाइन्छ । गाडी किनिन्छ । राम्रोराम्रो कपडा लगाइन्छ । पहिला एउटै व्यक्तिको १० रोपनीदेखि ५ सय रोपनीसम्म खेतबारी, खरपाखो हुन्थ्यो । यति धेरै जमिन भएपछि मानिसहरुले रोजगारी पाउनुका साथै त्यहाँ उब्जनी भएका अन्नले वर्षे दिन खान पुग्थ्यो ।
तर, अहिले यस्तो छैन । कोहीसँग पनि जग्गा छैन । भएको जग्गामा घर बनाइएको छ । जग्गा बेचेर भएपनि आफ्नो छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाइन्छ । जग्गाको खण्डीकरण गर्ने क्रम बढ्दै गएको छ । तीन दशकअघि ३० रोपनी जग्गा हुने व्यक्ति अहिले २ आनामा झरेको छ । पछिल्लो समय जग्गा किनेर घर बनाउने र जग्गा बेचेर घर बनाउने दुवै बसेर खान्छन् । जग्गा किन्ने र बेच्ने दुवै घर बनाउँछन् । घर बनाए भाडा आउँछ र काम नै नगरी आम्दानी हुन्छ भन्ने सोच मानिसहरुमा आएको छ । ठाउँअनुसार एउटा सानो, अध्याँरो र चिसो कोठाको घरधनीहरु महिनाको ५ हजारदेखि १५ हजार भाडा उठाउँछन् । एक फल्याटको २० हजारदेखि २ लाख र एउटा सटरको १० हजारदेखि १० लाखसम्म उठाउँछन् घरधनीहरु मासिक रुपमा । यत्रो पैसा लिएपनि बत्ती, पानी चलाउन दिदैँन । सेवासुविधा केही दिदैँनन् । सँगै घरबहाल कर समेत राज्यलाई तिर्दैनन् ।
घरधनीहरुले एउटै घरमा करोडदेखि अर्बोसम्म लगानी गरेका हुन्छन् । तर, त्यसको पनि राज्यलाई राजस्व तिर्दैनन् । एक पटक घर बनाएपछि ६÷६ महिनामा घरको जाँचपास गरिदैँन । न त घर घरेलु तथा कम्पनीमा दर्ता गरी पञ्जीकरण नै गरिन्छ । यसरी घरधनीहरुले राज्यलाई केही पनि राजस्व तिर्दैनन् । एउटै घर भाडामा लगाएर मासिक रुपमा ५ लाखदेखि करोड रुपैयाँ असुल्छन् । अहिले भारत सरकारले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीहरुले एक बोरा चामलमा सात सय रुपैयाँसम्म मुल्यवृद्धि गरेका छन् । यति मात्र नभई अन्य खाद्यान्नमा पनि उत्तिकै मूल्यवृद्धि गरिएको छ । यसले गर्दा घरधनीदेखि बहालमा बस्ने समेतलाई ईट्टा टोक्नु कि डण्डी चपाउनु भइरहेको छ । पछिल्लो समय बजारमा कोठा, सटर, फल्याट जताततै खाली भेटिन्छ । भाडामा बसेका समेत भाडा तिर्न नसकेपछि रातारात फरार भएका छन् । उनीहरु आआफ्नो गाउँ पुगेका छन् । व्यापारीहरु बहनी समेत नहुने बताउँछन् । त्यस्तै, बैंक तथा वित्तिय संस्थाहरुले लिलाम गरेको घरजग्गा, गाडी र सेयर बेच्न खोज्दा समेत बिक्री भइरहेको छैन । यस्तो अवस्था आउँदा समेत अझै पनि सरकारको आँखा खुलेको छैन । सरकार अहिले पनि खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिइरहेको छ । जग्गाको कित्ताकाट फुकुवा गर्न लागिपरेको छ । खेतीयोग्य जमिन मास्दा मुलुकमा व्यापार घाटा बढेर अर्थतन्त्र नाजुक अवस्थामा पुग्नुका साथै देशमा भोकमारी सुरु हुन लागेको भनेर सरकारले अहिले पनि बुझ्रन सकेको छैन वा बुझ्रन खोजेको छैन । सरकारले अब अहिलेका र भावी पुस्तालाई के खान दिएर बचाउँछ ?
भक्तपुर

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal