Breaking News: पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राप्रपाले मेयरको पुत्ला जलायो

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ । मेयर आचार्यको निर्देशनमा उक्त प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।
आदिवासी दिवसका दिन बिहीबार पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएपछि शालिकको विवाद सुरु भएको थियो । आदिवासी जनजाति दिवसको दिन प्रतिमा हटाएको पाइएपछि राप्रपाले पृथ्वीचोकमा लखन थापाको सालिकसँगै पृथ्वीनारायण शाहको प्रतिमा राखेको थियो ।
महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेका थिए । तर उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।
पोखराका मेयर धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उनले माग गरे ।
चोकमा ताला लगाएर राखिएको प्रतिमा महानगरले फोरेर लगेको आरोप राप्रपाको छ । लखन थापाप्रति पनि सम्मान गर्ने तर पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने गुरुङको भनाइ छ । मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार