रास्वपाबाट अरु दलहरुले पनि सिक्ने कि ?

गणेश जि.सी
काठमाडौं । राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसद बैठकबापत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि सेवा सुविधा नलिने बताएको छ । पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछाने नेतृत्वको टोलीले हिजो शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर यस्तो जानकारी दिएको हो ।
पछिल्लो समय राजनीतिक द्वन्द्वका कारण पटक–पटक संसद बैठक अवरोध हुँदै आएको छ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफूहरुको माग पूरा नभएको भन्दै बैठक अवरोध गर्दै आएको छ । एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि विभिन्न कारण देखाएर संसद बैठक अवरोध गरेको छ । खासगरी राप्रपाले एमालेले संसद अवरोध गर्ने बित्तिकै साथ दिन थालेको छ । हिजोका दिनमा अरु सामान्य कारणले पनि संसद बैठक अवरोध गर्ने एमालेले अहिले त्रिभुवन विमानस्थलबाट भित्रिएको सुन तस्करीको मुद्धा उठाएको छ ।
एमालेले सुन प्रकरणबारे छानबीन गर्न उच्चस्तरीय छानबीन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ । सरकारले भनें यसको लागि छुट्टै छानबीन समिति नचाहिएको बताउँदै आएको छ । सरकारले अन्य सम्बन्धित निकायले छानबीन गरिरहेकाले अर्को समिति आवश्यक नपरेको प्रतिक्रिया दिए पनि एमाले भनें मानिरहेको छैन । केही दिनअघि संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे जवाफ दिएका थिए । एमालेले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको पनि आरोप लगाएको छ ।
पटक पटक संसद अवरोध हुँदा जनताका आवाज कुण्ठित हुँदै आएका छन् । रास्वपाले सभामुखलाई संसद नियमित सञ्चालन गर्न पनि आग्रह गरेको छ । सभामुख घिमिरेलाई पत्र बुझाउँदै रास्वपा संसदीय दलका नेता लामिछानेले अहिलेसम्म पठाएको भए हिसाब मिलान गर्न पनि आग्रह गरेका छन् ।
‘राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसदको समयको कुनै पनि सेवा सुविधा हाम्रो पार्टीले नलिने सम्माननीय सभामुखमार्फत प्रतिबद्धता जाहेर गर्छ । साथै, हालसम्ममा हामीले पाएको भए पनि त्यसको उपयुक्त मिलान गरिदिने व्यवस्थाका लागि समेत हार्दिक अनुरोध गर्छ,’ रास्वपाले बुझाएको पत्रमा भनिएको छ । रास्वपाका प्रतिनिधिसभामा उपसभामुखसहित २१ जना सांसद रहेका छन् । संसद अवरुद्ध भइरहँदा जनताका मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरुका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको पनि रास्वपाले पत्रमार्फत जनाएको छ ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार