वर्ल्डलिङ्कको इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता

२०८० असार ८ गते, शुक्रबार

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको छ ।

नेपाली इन्टरनेट सेवा प्रदायकहरूबीच पहिलोपटक वर्ल्डलिङ्कले शर्त अनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ । आफ्ना ग्राहकहरूलाई अब वर्ल्डलिङ्को इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो ।

यो समयमा जब अरु सबै कम्पनीहरू मूल्यको प्रतिस्पर्धामा रहेका छन् भने वर्ल्डलिङ्कले गुणस्तरीय सेवालाई प्राथमिकता दिएको छ ।

स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले पाउछन् मनि ब्याक ग्यारेन्टी

वर्ल्डलिङ्कका ७ लाख ८० हजार ग्राहकहरू रहेका छन् भने जस अन्र्तगत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरूले कुनै थप शुल्कविना नै यो सेवा पाउने वर्ल्डलिङ्कले जनाएको छ ।
हाललाई यी बाहेक अरू कुनै प्याकेजमा रहेका ग्राहकहरूलाई यो मनि ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन । अन्य ग्राहकले पनि आफ्नो प्याकेजलाई अपग्रेड गरेमा मनि ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउनेछन् । यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरू परिचालन गर्नेछ ।
कसरी दाबी गर्ने ?कति रकम फिर्ता हुन्छ ?

ग्राहकको इन्टरनेट स्पिड स्लो हुने बित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन । स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोनमार्फत, शाखा कार्यालय वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ ।

वर्ल्डलिङ्कले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड चेक गर्न पठाउनेछ, इन्टरनेट स्लो भएको कारण पत्ता लगाइ समस्याको समाधान गर्नेछ ।

तथापि स्पीडको समस्या यथावत रहेमा ग्राहकले मनि ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन् ।

रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिँदा बाँकी रहेको दिन बराबरको रकम मात्र फिर्ता पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
उदाहरणको लागि ९० दिनको प्याकेज लिएकोे ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछ ।

कसले दाबी गर्ने ?

इन्टरनेट स्पिड स्लो भएको ग्राहकहरूले ९२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस० यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन् ।

यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिङ्कले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनि ब्याक ग्यारेन्टी अफर लागु हुनेछ ।

५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर

वर्ल्डलिङ्कले देशभरका मुख्य शहरहरूमा मनि ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ । जसमध्ये ५१ वटा शाखाका ग्राहकहरूले सुविधाको फाइदा लिन सक्नेछन् । जसमा देशभरका सबै मुख्य शहरहरू पर्दछन् । वर्ल्डलिङ्कले आउने दिनहरूमा यो सुविधा अरू शाखाहरूमा पनि उपलब्ध गराउँदै जाने छ ।

वर्ल्डलिङ्कको सेवा दुर्गम क्षेत्रमासमेत पुगिसकेको छ र २७ वर्षदेखि आफ्नो उपस्थिति रहेको वर्ल्डलिङ्कको पहुँच नेपालको ७४ जिल्लामा पुगिसकेको छ ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal