देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने नेपाली वितरकको निर्णय

२०८० असार ४ गते, सोमबार

काठमाडौं । सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडौं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ । ‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए।

‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। उहाँको मार्गदर्शनलाई पछ्याउँदै आज धरान र पोखरामा पनि चलचित्र निषेध गरियो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो,’ उनले भने।

उनले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने प्रतिक्रिया दिए। तपाईँहरू त झन् वितरक। चलचित्र रोकिँदा पक्कै घाटा भयो होला रु भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘घाटा त अवश्य हुन्छ नै। व्यापार हो। कहिल्यै घाटा कहिल्यै नाफा हुनु स्वभाविक हो। बालेनजीले देशको सेन्टिमेन्टलाई मध्यनजर गरेर यो निर्णय लिनुभएको छ। हामी यसलाई सहर्ष स्विकार्छौ। सीता भारतकी छोरी हुन भन्ने विषयलाई त हामी पनि विरोध नै गर्छौ।

चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal