लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई प्रधानमन्त्री प्रचण्डद्वारा सम्मान र बिदाई

२०८० असार ४ गते, सोमबार

काठमाडौं । लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान र बिदाई गरेका छन् ।

आज नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टरको सपथ लिन साझँ अमेरिका प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मान र बिदाई गरेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले लायन्सको अन्तराष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटीले नेतृत्व गर्न लागेकोमा अत्यन्त खुसी लागेको बताउदै लायन्स मार्फत नेपाल अन्तराष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।

दाहालले २११ राष्ट्रमा फैलिएको लायन्सको नेटवर्कमा नेपालको प्रचारप्रसार हुने र नेपालको पर्यटन प्रबर्धनमा थप सहयोग पुग्ने विचार व्यक्त गरे ।

भेटका क्रममा अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीले आफ्नो भनाइ राख्दै प्रधानमन्त्रीबाट पाएको यो सम्मानले अत्यन्त गौरवान्वित बनाएको र सामाजिक कार्यमा अझै क्रियाशिल बन्न हौसला मिलेको बताए ।

प्रधानमन्त्रीबाट पाएको यो सम्मान सम्पुर्ण नेपाली लायन्सको सम्मान भएको अनुभुति गरेको बताउदै बुर्लाकोटीले आफु अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएपछि नेपालको लायनिजमको बिकाश र बिस्तारसँगै नेपालमा शिक्षा ,स्वास्थ्य र बातावरणको क्षेत्रमा कार्य गर्न लायन्स अन्तराष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने प्रतिबद्दता जनाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आइडी इन्डोर्सी बुर्लाकोटी सहित , वँहाका स्पाउस लायन ज्ञानु बुर्लाकोटी, जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौला, लायन्स अन्तराष्ट्रिय मल्टिपल ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशब पाण्डे, निबर्तमान काउन्सिल चेयरपर्सन लायन मन बहादुर रोक्का सहित बिभिन्न डिष्ट्रिक्टका पुर्व गभर्नरहरूको उपस्थिति रहेको थियो ।

आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बालकृष्ण बुर्लाकाटी अन्तराष्ट्रिय डाइरेक्टर बन्दैछन ।

122 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal