देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने नेपाली वितरकको निर्णय
काठमाडौं । सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडौं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ । ‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए।
‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाटसको भरमा फिल्म रोक्न थाल्नुभयो। उहाँको मार्गदर्शनलाई पछ्याउँदै आज धरान र पोखरामा पनि चलचित्र निषेध गरियो। यसरी पालैपालो निषेध हुनु भन्दा एकैचोटी सबैतिरबाट चलचित्र उतारौँ भन्ने हाम्रो मनसाय हो,’ उनले भने।
उनले मेयर बालेनले गरेको निर्णयप्रति आफूहरूलाई केही आपत्ति नभएको र कानुनी उपचार समेत नखोज्ने प्रतिक्रिया दिए। तपाईँहरू त झन् वितरक। चलचित्र रोकिँदा पक्कै घाटा भयो होला रु भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘घाटा त अवश्य हुन्छ नै। व्यापार हो। कहिल्यै घाटा कहिल्यै नाफा हुनु स्वभाविक हो। बालेनजीले देशको सेन्टिमेन्टलाई मध्यनजर गरेर यो निर्णय लिनुभएको छ। हामी यसलाई सहर्ष स्विकार्छौ। सीता भारतकी छोरी हुन भन्ने विषयलाई त हामी पनि विरोध नै गर्छौ।
चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिएका थिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





