बुहारीले मात्र घर सम्हाल्नुपर्ने हो र ?

२०७९ माघ २९ गते, आईतवार

सुनिता भट्टराई
जब एउटी नारी जन्मिन्छन् नि त्यो घरको भाग्य परिवर्तन हुन्छ  । संस्कृतमा त्यसै भनेको होइन ‘स्त्री चरित्र पुरूषषय भाग्य’ भनेर । यो सही हो, उसको परिवर्तन लक्षण त जन्मिँदैदेखि सुरु भइसक्छ । उ महालक्ष्मी हो भनेर बुझे पो ? पुरुषप्रधान देशमा ‘नारी सर्वत्र पुज्यते’ । तर यो भनाइलाई पनि वेवास्ता गरिएको छ । सधैं कचकच, रातदिन त्यो घर अनि कसरी बन्छ ? त्यही बुहारीले सासु ससुरा, हेर्नुपर्ने, छोराछोरी, श्रीमान, दाजुभाई, भाउजु, बुहारी, भान्जाभान्जी, नन्द, आमाजु, इष्टमित्र, साथीभाइसँगको संगत त छुट्टी नै हाल्छ । घर, सरसफाई, चुल्होचौको, बच्चाको पढाइदेखि लिएर सासु ससुराले खाने दबाइसम्म ती बुहारीले ख्याल गरिदिनुपर्छ ।

श्रीमान र श्रीमती दुवै जना कार्यालयमा काम गरेर फर्कन्छन्, घर आउनेबित्तिकै श्रीमतीले भनें घर सम्हाल्नुपर्दछ तर श्रीमानलाई भनें त्यसतर्फ कुनै मतलव हुँदैन । बुहारी किचेन, बिहानको भाँडावर्तन, बच्चाको ड्रेस, होमवर्क, साँझको खाना, सासुससुरालाई तातो पानी, दूध, औषधि, अनि श्रीमानको मोजा धुने काममा व्यस्त हुन्छिन् त्यसैले चानचुने छैन उनको काम । हतारहतार छ महिलालाई जहिले पनि । तरकारी केलाउनेदेखि लिएर आलु प्याज, अदुवा लसुनसम्म कुटेर रातीलाई राख्नु पर्दछ महिलाले । घरमा जति काम महिलाले गर्छिन् त्यसरी नै पुरुषले पनि सहयोग गर्ने हो भनें घर चलाउन सजिलो हुन्छ तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन । के घर भनेको नारीको मात्र जिम्मा हो र ? कहिलेकाहीँ यस्ता प्रश्न पनि गर्न मन लाग्छ । साँँच्चै भन्ने हो भनें महिलाले गर्भधारण गर्दा पनि आरामले सुत्न र खान पाउँदिनन् किनभनें उनको पुरानो काम गर्ने कोही मान्छे नै हुँदैन त्यसैले पनि महिला र बच्चालाई गर्भमै ठूलो असर पर्न सक्ने सम्भावना हुन्छ ।
घर हामी सबैको हो । नारी र पुरुष एकै रथका दुई पांग्रा भएकाले सँगै मिलेर रथ चलाउने भन्यो भनें एकातिर घर राम्ररी चल्छ भनें अर्कातिर महिलाले पनि स्वाभिमान भएको महसुस गर्न पाउने छिन् । सधैं घरधन्दा र चुल्होमा मात्र सीमित भएका महिलाले आफूले चाहेजस्तो प्रगति र उन्नति गर्न नसक्ने भएकाले समाज र घरपरिवारले यसबारे पुनर्विचार पो गर्ने हो कि ?

153 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal