बुहारीले मात्र घर सम्हाल्नुपर्ने हो र ?

२०७९ माघ २९ गते, आईतवार

सुनिता भट्टराई
जब एउटी नारी जन्मिन्छन् नि त्यो घरको भाग्य परिवर्तन हुन्छ  । संस्कृतमा त्यसै भनेको होइन ‘स्त्री चरित्र पुरूषषय भाग्य’ भनेर । यो सही हो, उसको परिवर्तन लक्षण त जन्मिँदैदेखि सुरु भइसक्छ । उ महालक्ष्मी हो भनेर बुझे पो ? पुरुषप्रधान देशमा ‘नारी सर्वत्र पुज्यते’ । तर यो भनाइलाई पनि वेवास्ता गरिएको छ । सधैं कचकच, रातदिन त्यो घर अनि कसरी बन्छ ? त्यही बुहारीले सासु ससुरा, हेर्नुपर्ने, छोराछोरी, श्रीमान, दाजुभाई, भाउजु, बुहारी, भान्जाभान्जी, नन्द, आमाजु, इष्टमित्र, साथीभाइसँगको संगत त छुट्टी नै हाल्छ । घर, सरसफाई, चुल्होचौको, बच्चाको पढाइदेखि लिएर सासु ससुराले खाने दबाइसम्म ती बुहारीले ख्याल गरिदिनुपर्छ ।

श्रीमान र श्रीमती दुवै जना कार्यालयमा काम गरेर फर्कन्छन्, घर आउनेबित्तिकै श्रीमतीले भनें घर सम्हाल्नुपर्दछ तर श्रीमानलाई भनें त्यसतर्फ कुनै मतलव हुँदैन । बुहारी किचेन, बिहानको भाँडावर्तन, बच्चाको ड्रेस, होमवर्क, साँझको खाना, सासुससुरालाई तातो पानी, दूध, औषधि, अनि श्रीमानको मोजा धुने काममा व्यस्त हुन्छिन् त्यसैले चानचुने छैन उनको काम । हतारहतार छ महिलालाई जहिले पनि । तरकारी केलाउनेदेखि लिएर आलु प्याज, अदुवा लसुनसम्म कुटेर रातीलाई राख्नु पर्दछ महिलाले । घरमा जति काम महिलाले गर्छिन् त्यसरी नै पुरुषले पनि सहयोग गर्ने हो भनें घर चलाउन सजिलो हुन्छ तर अहिलेसम्म त्यसतर्फ कसैले ध्यान दिएको पाइँदैन । के घर भनेको नारीको मात्र जिम्मा हो र ? कहिलेकाहीँ यस्ता प्रश्न पनि गर्न मन लाग्छ । साँँच्चै भन्ने हो भनें महिलाले गर्भधारण गर्दा पनि आरामले सुत्न र खान पाउँदिनन् किनभनें उनको पुरानो काम गर्ने कोही मान्छे नै हुँदैन त्यसैले पनि महिला र बच्चालाई गर्भमै ठूलो असर पर्न सक्ने सम्भावना हुन्छ ।
घर हामी सबैको हो । नारी र पुरुष एकै रथका दुई पांग्रा भएकाले सँगै मिलेर रथ चलाउने भन्यो भनें एकातिर घर राम्ररी चल्छ भनें अर्कातिर महिलाले पनि स्वाभिमान भएको महसुस गर्न पाउने छिन् । सधैं घरधन्दा र चुल्होमा मात्र सीमित भएका महिलाले आफूले चाहेजस्तो प्रगति र उन्नति गर्न नसक्ने भएकाले समाज र घरपरिवारले यसबारे पुनर्विचार पो गर्ने हो कि ?

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal