कहिलेसम्म लुटिरहने नारीको ईज्जत ?

२०७९ माघ २९ गते, आईतवार

रमिला योन्जन
ईज्जत नामको तगारोभित्र बन्दी हुन्छिन् नारी । श्रीमान नामको पुरुषले दिएको यातना सहेर आँशु पिएर जिउँछिन् नारी । उसैको प्रतिष्ठाको खातिर स्वातन्त्रतालाई बन्धकी राखेर यातना सहेर बाँच्न बाध्य छिन् नारी ।

महिलामाथि हुने विभिन्न खाले हिंसा र महिलाहरू दिनदहाडै बलात्कारको शिकार बनेका कयौँ घटनाहरू छताछुल्ल भइरहेका छन् तर पनि अपराधीलाई कुनै प्रकारको कारबाही भएको छैन । सरकारमा बसेका दलका कार्यकर्ता नै सरकारकै आडमा यस्ता घटना घटाउन लागेका छन् भन्दा फरक पर्दैन किनभने यस्ता कार्यमा राजनीतिक दलका नेताले आफ्ना मान्छेलाई ढाकछोप गर्छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको विषय त्यतिकै ओझेलमा परेको छ । रवि लामिछाने २०७९ पौष ११ गते उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएर आए उनले पनि पहिलै दिन पन्तको हत्यारा पत्ता लगाउने भनें उनले एक महिनाको समय मागे तर पनि त्यसतर्फ कुनै पनि कदम चालेनन् । अहिले त उनको पद पनि खुस्किएको छ । सत्यतथ्य घटनामा आवाज उठाउने सूचनाको सम्वाहक सञ्चार क्षेत्रलाई अंकुश लाग्ने किसिमको कानुन २०७५ भदौ १ बाट कार्यान्वयनमा आएकाले अपराधीलाइ हौसला बढेको पो हो कि भन्ने आशंका लाग्नु कुनै अनौठो कुरा होइन । किनकि कतिपय ठाउँमा ठूलाठूला जघन्य अपराध हुँदा पनि तिनै राज्यसत्तामा रहेका नेताहरुले कानुनको धज्जी उडाउँदै पीडकलाई छुटाउन मरिमेटेर लागेको पनि स्पष्ट हामीले देखेका र भोगेका छौँ ।

किन दिनप्रतिदिन नेपाली न्यायालय कमजोर बन्दैछ । हजारौं परस्त्रीसँग सम्बन्ध बनाएर हिँड्ने पुरुषहरूले घरमा बाल बच्चा समालेर बसेकी श्रीमतीलाई विभिन्न लान्छना लगाएर बालबच्चाको भविष्यसँग खेलवाड गर्दै सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरेर परस्त्रीसँग विवाह गर्न पाउनु के ठिकै हो त ? यस्ता मुद्दाहरू दर्ता गर्न पाउनुचाहिँ महिला तथा बालबालिका हिंसालाई हौसला दिएसरह होइन र ? यस्ता किसिमका हिंसा किन बढिरहेको छ ? नयाँ कानुन निर्माण तथा कार्यान्वयन गरेर झन् महिलाहरूलाई पीडित बनाई पीडकलाई हौसला बढाइरहेको त छैन ? के सरकार यस्तै महिलालाई पीडामाथि पीडा थप्न बनेको हो ? जनताले जे आशा गरेर जनप्रतिनिधिलाई मतदान दिएर जनताको प्रतिनिधित्व र देशको नेतृत्व गर्न दिएका थिए । देशमा अधिकांश महिलाहरूको प्रतिक्षाको घडी बनेको नवनिर्मित सरकारले महिला हिंसाविरुद्धको काम गर्न सक्ला कि भन्ने आशां बढ्दै गएको छ ।
महिलामा आउने विभिन्न समस्याको निराकरण गर्न कम्युनिष्टले नेतृत्व गरेको सरकारले कडा कानुन बनाई कार्यान्वयन गरी पीडितको आवश्यकता पूरा गर्ला भन्ने अपेक्षा छ तर त्यो पूरा हुन सक्ने सम्भावना छैन । नेपालमा शोषण कसरी कहिले अन्त्य होला ? जल्दोबल्दो घटना सामाजिक परम्पराअनुसार विवाह भएको २१ दिनमा पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदलत ललितपुरमा पुरुषले बिहेको फोटो देखाएको आधारमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी एउटी नवविवाहित नारी पीडित भएकी छिन् । एउटा पुरुषले ‘उनी मेरी श्रीमती हो, विवाह भएको २१ दिन भयो, सम्बन्धविच्छेद गरी पाऊँ’ भनी फोटो देखाएको आधारमा जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नु के ठिकै हो त ? नेपाल कानुन र संविधानले चलेको देशमा पर्छ कि व्यक्तिले मनोमानी चलाएको देश हो भन्ने नै अन्यौल छ । लामो समयका लागि स्थिर सरकार कहिले बन्छ भनेर छटपटिएका छन् आम पीडित महिलाहरु, यो नयाँ सरकारको पनि उही आफ्नो चालढालमै सीमित हुने हो कि भन्ने आशंका भएको छ ।

कतिपय राक्षस स्वभाव भएका पुरूषबाट नारीको इज्जत लुटेर बलात्कार गरिएको जस्तो जघन्य अपराधलाई पनि धाकधम्कीको भरमा महिलालाई पीडीत बनाई हिंसा गुपचुप राखी पैसामा मिलेमतो गराई हिंसा सहन बाध्य गराइएका घटनालाई पनि हामीले नजिकबाट हेर्नुपर्ने हुन्छ । २०७४ मा नयाँ सरकार आएर कानुन नै परिर्वतन गरे पनि महिलामाथि हुने अन्य अत्याचार गर्नेलाई बिनाकारबाही छोडिएको पनि विभिन्न अनुसन्धानबाट प्रष्ट भएको छ । प्रजातन्त्र स्थापनापछि महिलाले पाएको ३३ प्रतिशत अधिकार पनि अन्योलमा परेको हो या पार्ने कोशिस हो त्योे भने गम्भीर विषय बनेको छ ? किन बढ्दैछ महिला हिंसा ? किन लुटिन्छ विभिन्न प्रलोभनमा पारी महिलाको इज्जत ? धाकधम्की लोभलालचमा पारी किन बनाइन्छ महिलालाई लुटिन बाध्य ? राज्यको जिम्मेवार निकाय र सरोकारवालाहरूबाट किन यसलाई वेवास्ता गरिँदैछ । पीडकलाई राज्यले कडाभन्दा कडा कारबाही र सजाय दिनुपर्छ, अनि परिवर्तन हुन्छ समाज । प्रत्येक दिनजसो समाजमा घटिरहेको महिला हिंसाहरुको प्रमुख कारण मादकपदार्थ सेवन, अन्य नसाजन्य वस्तु र यौनप्यास तथा दाइजो प्रथा समाजमा महिला जागरण र शैक्षिक चेतनाको कमी तथा अभाव आदि कारणले पनि महिला हिंसा बढेको हो । समाजमा सामाजिक रुपान्तरणको लागि महिलालाई अग्रसर गराई समाजमा महिलालाई हेर्ने कुदृष्टिको परिवर्तन गराई हिंसारहीत समाजको निर्माणमा टेवा पु¥याई बलात्कारीलाइ कडा कारबाही गर्ने नियम तथा फाँसीको सजाए दिए बलात्कार तथा अन्य विविध महिलामाथि हुने हिंसा तथा अत्याचार कम हुने थियो कि ।

बहुरूपी पुरुषहरू आफ्नो इच्छासँगै सुतेर पूरा गर्न तिनै महिलासँग हुने तर किन ती महिलालाई वेश्या भनिन्छ, एक नारीबाट अर्को नारीसँग सम्बन्ध बनाई नारीको जीवनसँग खेलबाड गर्ने पुरुषलाई चाहिँ किन मर्दाको पगरी गुथिदिन्छन्, यो समाज तिनै पुरुषबाट लुटिएकी नारीलाई चाहिँ वेश्या भनेर घृणा गर्दछन्, महिलालाई वेश्या बन्न बाध्य पार्ने यिनै राक्षस बहुरूपी पुरुष होइन र ? यी पुरुषहरूलाई चाहिँ किन अयोग्य भनिँदैन । यो समाजमा यस्ता कलंकित पुरुषको लिगं छेदन गर्दैतथा समाजबाट वहिष्कार गरिनुपर्छ अनिमात्र हुन सक्छिन् नारी सुरक्षित ।
चेतनाको हर ठाउँ चम्किलो पार्नुपर्छ टुकी बाली । आत्मरक्षाको लागि आफै जाग्नुपर्छ नारी खुकुरी उचाली । दाइजो नल्याएको कारण जिउँदो जलाइन्छ अनि विभिन्न यातना दिई अन्तिममा आत्महत्या गर्न बाध्य गराउँछन् नारीलाई । समाजले आत्महत्याको उपाधी स्वरूप मृत्युपश्चात पनि प्रतिआरोप र कागजी मुचुल्का बनाई स्वच्छाको मृत्यु घोषणा गर्दछन्, यो कुराचाहिँ मान्छे किन देख्दैनन् ?

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal