उद्योग संघमा फुयाल सर्वसम्मत
काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहेका छन् । यसैगरी महासचिवमा प्रकाश श्रेष्ठ पुनः दोहोरिएका छन् भने सचिवमा गंगाबहादुर अधिकारी रहँदा कोषाध्यक्षमा गणेश प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शुरेश कुमार भट्टराई सर्वसम्मत चयन भए ।
यस्तै, सदस्यहरुमा प्रदीपक मुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिष राज श्रेष्ठ, कमल नेपाल, लिलिप कुमार गुप्ता र शिबराज लामिछाने रहेका छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।
नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफू नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाए । यसैगरी महासचिव श्रेष्ठले संस्थाले सरकारले भन्दै आएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारसँग सहकार्य र सँगसँगै आफूहरुका माग पुरा गराउन दवाव पनि दिने बताए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





