उद्योग संघमा फुयाल सर्वसम्मत

२०७९ माघ २९ गते, आईतवार

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहेका छन् । यसैगरी महासचिवमा प्रकाश श्रेष्ठ पुनः दोहोरिएका छन् भने सचिवमा गंगाबहादुर अधिकारी रहँदा कोषाध्यक्षमा गणेश प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शुरेश कुमार भट्टराई सर्वसम्मत चयन भए ।

यस्तै, सदस्यहरुमा प्रदीपक मुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिष राज श्रेष्ठ, कमल नेपाल, लिलिप कुमार गुप्ता र शिबराज लामिछाने रहेका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।

नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफू नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाए । यसैगरी महासचिव श्रेष्ठले संस्थाले सरकारले भन्दै आएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारसँग सहकार्य र सँगसँगै आफूहरुका माग पुरा गराउन दवाव पनि दिने बताए ।

255 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal