सरकार गठन: दलका नेताहरु आन्तरिक कसरतमा

२०७९ पुष १० गते, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते एक साताका लागि निर्धारण गरेर नयाँ सरकार गठनको आव्हान गरेको आज अन्तिम दिन हो । साँझ ५ बजेसम्मको समयसीमाभित्र सहमतिका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु अन्तिम कसरतमा जुटेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दावी पेश गर्न आव्हान भएको थियो । सो बमोजिम दलका नेताहरु आन्तरिक छलफल र भेटमा व्यस्त रहे पनि सहमति बन्न सकेको छैन ।

संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका लागि कुनै पनि दलको संसदमा एकल बहुमत नआएपछि उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपतिबाट आव्हान भएको थियो । निर्धारित समय आज ५ बजेभित्र सहमतिका लागि प्रयास जारी रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव बेदुराम भुषालले बताए ।

हिजो साँझ बालुवाटारमा भएको सत्तारुढ दलका नेताहरुको बैठकमा सहमति बन्न नसके पनि आआफ्नो दलभित्र आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति बनेकाले आज पार्टीको आन्तरिक छलफल पछि पुनः संयुक्त बैठक बसेर सहमति गर्ने प्रयास हुने उनले बताए । साँझसम्म सहमति हुने पनि उनले विश्वास व्यक्त गरे ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal