जर्मनीको बर्लिनमा विश्वकै सबैभन्दा ठूलो एक्वारियम विस्फोट

२०७९ पुष २ गते, शनिबार

बर्लिन । जर्मनीको बर्लिन सहरस्थित र्‍याडिसन ब्लु होटेलमा राखिएको १० लाख लिटर पानी भरिएको विशाल एक्वारियम अचानक विस्फोट भएको छ । सो विस्फोटसँगै होटेल परिसर र नजिकका सडकमा बाढी सरी पानी बगेको छ ।

एक हजार ५०० माछा राखिएको ५२ फिट अग्लो ‘दी एक्वाडोम’लाई विश्वकै सबैभन्दा ठूलो सिलिन्डर आकारको एक्वारियम मानिन्थ्यो । उक्त विस्फोट हुँदा उछिट्टिएका काँचका टुक्राले काटिएर दुईजना व्यक्ति घाइते भएका छन् ।

प्रहरीले अकल्पनीय क्षति पुगेको प्रतिक्रिया दिएको छ । बिहान सबेरै सो दुर्घटना हुनासाथ होटेलमा रहेका पाहुनाहरूलाई बाहिर निकालिएको थियो ।

बलिर्नको अग्नि नियन्त्रण टोलीका एक प्रवक्ताले ठूलो संख्यामा माछा मरेको र अत्यन्तै चिसो मौसमका कारण उद्धारकार्यमा थप कठिनाइ भएको बताएका छन् ।

त्यस एक्वारियममा १०० भन्दा बढी फरक–फरक प्रजातिका माछा राखिएको थियो । अग्नि नियन्त्रण विभागका अधिकारी जेम्स क्लेइनले पोखिएर थुप्रै स्थानमा जम्मा भएको पानीमा भेटिएका जीवित माछालाई उद्धार गरी अर्कै एक्वारियमहरूमा हालिएको बताएका छन् । बीबीसीबाट ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal