नेहाका ससुराले अदालतमा हाले मुद्दा

२०७९ पुष १ गते, शुक्रबार

जनकपुरधाम । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अदालत पुगेका छन् ।

रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् डा पंकज पक्राउ परेका हुन् ।

पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिए । अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेहाले भने श्रीमान् पंकज, ससुरा रामप्रवेश र सासुसहित उनका परिवारका ६ जनामाथि घरेलु हिंसा र दाइजो विरुद्धको मुद्दा दर्ता गराएकी हुन् । पंकज पक्राउ परे पनि ससुरा, सासू सहित अन्य सबै फरार छन् ।

तर फरार रहेकै अवस्थामा रामप्रवेशले छोरालाई छुटाउन अदालत पुगेर बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराए । नेहा भने ससुरा, सासुसहित दाईजोको निहुँमा यातना दिने सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै दुई दिनदेखि आन्दोलनरत थिइन् ।

आन्दोलनका क्रममा सवारी साधन तोडफोड गरेको आरोपमा नेहा र उनकी सहयोगी कुमारी आमा निहारिकालाई पनि प्रहरीले बिहीबार नियन्त्रणमा लियो । अहिले उनीहरू पनि प्रहरी हिरासतमै छन् । औरही नगरपालिका १ की नेहा र रामगोपालपुर ५ का डा. पंकजबीच गत फागुनमा विवाह भएको थियो ।

नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र सुनचाँदी गरी करोडौँ दाइजो दिएको थियो । तर दाइजो कम भएको भनेर नेहालाई यातना दिएपछि यो घटना उग्र रूप लिएको छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal