लमजुङबाट प्रचण्डको उद्घोषः देशलाई अफगानिस्तान हुनबाट जोगाएँ

२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता गरेर आफूहरूले देशलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् ।

लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौता नभएको भए देशलाई अफगानिस्थानजस्तो हुनबाट जोगाएको बताए।

उनले भने, ‘हामीले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला देश ? युद्ध र द्वन्दको स्थिति अझै चर्किँदै गएको भए। हामीले भन्ने गरेको छौँ १७ हजार नेपालीको ज्यान गयो। लडाइँमा धेरै पीडित भए। ठुलो पीडाबाट हामी गुज्रिनपर्थ्यो।

आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए। उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको सुनाए।

‘हामीले शान्ति सम्झौता नगरेको भए ५० औँ हजार मात्रै नभएर लाखौँ मानिसको ज्यान जान सक्थ्यो। त्यो भएको भए के हुन्थ्यो। कुनै पक्षले पुरै जित्नै र कुनै पक्षले पुरै हार्ने स्थिति देखिएको थिएन। त्यो भएपछि नेपाल एउटा असफल राष्ट्र बन्न सक्ने र विदेशी सेना आउन सक्ने अवस्था थियो’ उनले भने, ‘त्यसैले सबैले गहिरो गरी बुझ्न आवश्यक छ।

गिराजाप्रासद कोइराला र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो। हामीले अफगानिस्थानजस्तो हुनबाट जोगायौँ।’

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal