मन्त्रीलाई चुनाव लाग्दा सचिव असुलीमा व्यस्त

२०७९ कार्तिक २५ गते, शुक्रबार

काठमाडौं/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि शहरी विकास मन्त्री मेटमणी चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचन लड्दैछन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका मन्त्री चौधरीलाई गठबन्धनको समर्थन रहेको छ । उनलाई नेकपा एमालेका शान्ता चौधरी र हाम्रो नेपाल पार्टीकी गंगा चौधरीले टक्कर दिएर फ्याँ–फ्याँ पारिरहेका छन् । तथापि गठबन्धनको समर्थनले मन्त्री चौधरीले चुनाव जित्ने जानकारहरुले बताएका छन् । मन्त्री चौधरीलाई मतदातालाई चामल लगायत सामाग्री वितरण गरी प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले स्ष्टीकरण समेत सोधेको छ ।

गत असारको तेश्रो साता रामकुमारी झाँक्रीलाई हटाएर शहरी विकास मन्त्री बनेका चौधरीले खासै प्रभावकारी काम गर्न नसकेको आरोप लागेको छ । शहरी विकास सचिव रमेश प्रसाद सिंहले कर्मचारीहरुको सरुवाबाट प्राप्त थैली बुझाएपछि मन्त्री दङ परेको समाचार श्रोतले जानकारी दिएको छ ।

यता जागिरे जीवनबाट अस्ताउन लागेका सचिव सिंहले मन्त्री चुनावमा व्यस्त भएको मौका छोपी असुली धन्दालाई तीब्र पारेका छन् । आगामी मंसिर ६ गतेबाट अनिवार्य अवकाश हुन लागेका सिंह मन्त्री चौधरी चुनावबाट नफर्किदै विदा हुने बताइएको छ । नेपाल सरकारका प्राविधिक सचिवहरु मध्ये अत्यन्त विवादित र कमिशनखोर मानिएका सिंहले जाँदाजाँदा विना काम मन्त्रालयमा विभागीय प्रमुखहरुसँग मन्त्रीको नाम भजाएर चन्दा उठाएको सरोकारवालाहरुले बताएका छन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत आयोजना प्रमुखहरुलाई सचिव सिंहले दुहुनो गाई बनाएको खबर प्राप्त भएको छ । एकवर्षको बीचमा रकमको मोलमोलाई गर्दै शहरी तथा भवन निर्माण विभागमा पदम मैनाली ७ महिना, रामचन्द्र दंगाल २ महिना र सिंहका विश्वासपात्र सुरेन्द्र मोहन श्रेष्ठलाई निकै पापड बेलेर महानिर्देशक बनाएका सिंहले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत आयोजनामा प्राविधिक सहसचिव दिलिप भण्डारीलाई केही महिनामै हटाएर उपसचिव सुभाष बस्नेतलाई कामु बनाएर आफ्नो स्वार्थ पूर्ति गरिरहेको समाचार स्रोतले बताएको छ ।

यसबाहेक सातवटा संघीय आयोजना कार्यान्वयन इकाई र १३ वटा सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख (सिडीई) र कामु आयोजना प्रमुखहरुबाट पनि असुल उपर गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । भवन विभागको महानिर्देशन हुँदादेखि नै असुल्न पल्केका सिंहको ज्यादती अब समाप्त हुने भयो भन्दै कर्मचारीहरु हर्षित बनेका छन् ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal