चुनाव लड्ने मन्त्रीहरु को–को
काठमाडौं । मुलुक आवधिक निर्वाचनमा होमिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राजनीतिक दलहरुबीच प्रतिस्पर्धा चलेको छ । राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरु चुनावी सभा र घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । अहिले सिंहदरबार भित्र रहेका मन्त्रालयहरु एकाध बाहेक मन्त्रीविहीन बन्न पुगेका छन् । गठबन्धन सरकारका प्रधामन्त्री सहित मन्त्रीहरु प्रचारप्रसारमा व्यस्त रहेका छन् । गठबन्धन सरकारका मन्त्रीहरुमध्ये राशी श्रेष्ठ भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण उमा रेग्मी महिला बालबालिका तथा जेष्ठ नागरिक, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री र राज्यमन्त्रीद्वय हिराचन्द्र के.सी. एवं बोधमाया कुमारी यादव यसपटकको निर्वाचनमा उम्मेदवार छैनन् ।
गत २०७४ को निर्वाचनमा दाङबाट प्रत्यक्ष चुनाव जितेका हिराचन्द के.सी. (स्वास्थ्य राज्यमन्त्री) ले यसपटक गठबन्धनका कारण टिकट नै पाएनन् । यी बाहेक सरकारमा रहेका मन्त्रीहरु सबै निर्वाचनमा होमिएका छन् । जसमध्ये काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा डढेलधुरा, गृहमन्त्री बालकृष्ण खाँडा रुपन्देही ३, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर १, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुला र राज्यमन्त्री उमेस श्रेष्ठ चितवन २ रहेका छन् । त्यसैगरी नेकपा माओवादीका अर्थमन्त्री जनार्दन शर्मा रुकुम २, शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ र ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाल ललितपुर ३ बाट चुनाव लड्दैछन भने नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी दाङ १, जिवन राम श्रेष्ठ काठमाडौं ८ र श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले अछाम १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । चुनाव नलडेका टिकट नपाएकाहरु बाहेक बाँकी ५ वटा मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी बन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन एवं रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । सिंहदरबार भित्रका अधिकाँश मन्त्रालयहरुका मन्त्रीहरुलाई चुनाव लागेपछि सचिवको हैकम बढेको छ । गठबन्धन सरकारका केही मन्त्रीहरु चिप्लने चर्चा पनि चलेको छ । चुनावले गर्दा सिंहदरबारभित्र कामले छिर्नेहरु पातलिएको र छिरेकाहरुको पनि काम नहुने गरेको समाचार स्रोतले बताएको छ ।
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





