चुनाव लड्ने मन्त्रीहरु को–को

काठमाडौं । मुलुक आवधिक निर्वाचनमा होमिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राजनीतिक दलहरुबीच प्रतिस्पर्धा चलेको छ । राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरु चुनावी सभा र घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । अहिले सिंहदरबार भित्र रहेका मन्त्रालयहरु एकाध बाहेक मन्त्रीविहीन बन्न पुगेका छन् । गठबन्धन सरकारका प्रधामन्त्री सहित मन्त्रीहरु प्रचारप्रसारमा व्यस्त रहेका छन् । गठबन्धन सरकारका मन्त्रीहरुमध्ये राशी श्रेष्ठ भूमिसुधार तथा सहकारी तथा गरिबी निवारण उमा रेग्मी महिला बालबालिका तथा जेष्ठ नागरिक, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री र राज्यमन्त्रीद्वय हिराचन्द्र के.सी. एवं बोधमाया कुमारी यादव यसपटकको निर्वाचनमा उम्मेदवार छैनन् ।
गत २०७४ को निर्वाचनमा दाङबाट प्रत्यक्ष चुनाव जितेका हिराचन्द के.सी. (स्वास्थ्य राज्यमन्त्री) ले यसपटक गठबन्धनका कारण टिकट नै पाएनन् । यी बाहेक सरकारमा रहेका मन्त्रीहरु सबै निर्वाचनमा होमिएका छन् । जसमध्ये काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा डढेलधुरा, गृहमन्त्री बालकृष्ण खाँडा रुपन्देही ३, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४, परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर १, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुला र राज्यमन्त्री उमेस श्रेष्ठ चितवन २ रहेका छन् । त्यसैगरी नेकपा माओवादीका अर्थमन्त्री जनार्दन शर्मा रुकुम २, शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ र ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाल ललितपुर ३ बाट चुनाव लड्दैछन भने नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी दाङ १, जिवन राम श्रेष्ठ काठमाडौं ८ र श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरले अछाम १ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । चुनाव नलडेका टिकट नपाएकाहरु बाहेक बाँकी ५ वटा मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी बन तथा वातावरण र संघीय मामिला तथा सामान्य प्रशासन एवं रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । सिंहदरबार भित्रका अधिकाँश मन्त्रालयहरुका मन्त्रीहरुलाई चुनाव लागेपछि सचिवको हैकम बढेको छ । गठबन्धन सरकारका केही मन्त्रीहरु चिप्लने चर्चा पनि चलेको छ । चुनावले गर्दा सिंहदरबारभित्र कामले छिर्नेहरु पातलिएको र छिरेकाहरुको पनि काम नहुने गरेको समाचार स्रोतले बताएको छ ।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार