ढल्नै लागेको नेवानि उठाउँदै अधिकारी

२०७९ कार्तिक २५ गते, शुक्रबार

कठमाडौं । व्यवस्थापन र कार्यक्षमताका अभावले ऋणमा चुर्लुम्म डुबेको नेपाल वायुसेवा निगम यतिबेला टाउको उठाउने तरखरमा छ । तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका महाप्रबन्धक डिमप्रसाद पौडेलले नेवानिलाई १ वर्षको अवधिमा क्षतविक्षत पार्दै ऋणले उठ्नै नसक्ने अवस्थामा पु¥याएका थिए । एमाले अध्यक्ष खड्गप्रसाद नेतृत्वको सरकार ढलेपछि २०७८ कार्तिक ११ गते नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भए । कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भए ।
कार्यकारी अध्यक्षमा नियुक्त अधिकारीले निगमका माफियासँग घनिष्ठ सम्बन्ध बनाएका भ्रष्ट र कामै नगरी लुट्न पल्केका कर्मचारी एवं हवाइ माफियाहरुको जालझेल र षड्यन्त्रले नियमित रुपमा काम गर्न नपाई उल्टै मुद्धा–मामिला व्यहोरेका थिए । अधिकारी आएपछि नेपाल वायुसेवा निगमले पहिला १३३ करोड र पछि ७३ करोड ऋण र किस्ता कर्मचारी संचयकोष र नागरिक लगानी कोषलाई चुक्ता गरेका छन् । सर्वोच्च अदालतले काममा फर्कने आदेश दिएपछि अव एक–डेढ बर्ष अधिकारी रहँदा नेपाल वायुसेवा निगमले काँचुली फेर्ने जानकारहरुले बताएका छन् । नेपाल वायुसेवा निगमलाई जानेका र बुझेका अधिकारीलाई हटाउन हवाईमाफियादेखि तस्कर दिपक मलहोत्रा तथा निगमकै पूर्व कर्मचारी पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीनवराम श्रेष्ठ समक्ष धाइरहेका थिए । तथापि ती सबैलाई पछार्दै नेवानीको उन्नति प्रगतिमा अहोरात्र जुटेका अधिकारीलाई अहिले नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भाँजो हालेर नेवानी ध्वस्त पर्ने षड्यन्त्रमा जुटेका छन् ।

नेवानीसँग पर्याप्त जहाज नभए पनि कुशल व्यवस्थापनका कारण वाईडबडी जहाजले फूल अकोपेन्सीमा उडाईरहेको समाचार श्रोतले बताएको छ ।

62 Views

ताजा

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

२०८० चैत्र २३ गते, शुक्रबार

मादकपदार्थको नशामा शैक्षिक सुदृढीकरणको रन्को

२०८० चैत्र २३ गते, शुक्रबार

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

२०८० चैत्र २३ गते, शुक्रबार

गीतकार तारा अधिकारीको ‘जे पायो त्यही’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)

२०८० चैत्र २३ गते, शुक्रबार

चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

२०८० चैत्र २३ गते, शुक्रबार

मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ

२०८० चैत्र २२ गते, बिहीबार

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

२०८० चैत्र २२ गते, बिहीबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal