मन्त्रीलाई चुनाव लाग्दा सचिव असुलीमा व्यस्त
काठमाडौं/ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि शहरी विकास मन्त्री मेटमणी चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचन लड्दैछन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेका मन्त्री चौधरीलाई गठबन्धनको समर्थन रहेको छ । उनलाई नेकपा एमालेका शान्ता चौधरी र हाम्रो नेपाल पार्टीकी गंगा चौधरीले टक्कर दिएर फ्याँ–फ्याँ पारिरहेका छन् । तथापि गठबन्धनको समर्थनले मन्त्री चौधरीले चुनाव जित्ने जानकारहरुले बताएका छन् । मन्त्री चौधरीलाई मतदातालाई चामल लगायत सामाग्री वितरण गरी प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले स्ष्टीकरण समेत सोधेको छ ।
गत असारको तेश्रो साता रामकुमारी झाँक्रीलाई हटाएर शहरी विकास मन्त्री बनेका चौधरीले खासै प्रभावकारी काम गर्न नसकेको आरोप लागेको छ । शहरी विकास सचिव रमेश प्रसाद सिंहले कर्मचारीहरुको सरुवाबाट प्राप्त थैली बुझाएपछि मन्त्री दङ परेको समाचार श्रोतले जानकारी दिएको छ ।
यता जागिरे जीवनबाट अस्ताउन लागेका सचिव सिंहले मन्त्री चुनावमा व्यस्त भएको मौका छोपी असुली धन्दालाई तीब्र पारेका छन् । आगामी मंसिर ६ गतेबाट अनिवार्य अवकाश हुन लागेका सिंह मन्त्री चौधरी चुनावबाट नफर्किदै विदा हुने बताइएको छ । नेपाल सरकारका प्राविधिक सचिवहरु मध्ये अत्यन्त विवादित र कमिशनखोर मानिएका सिंहले जाँदाजाँदा विना काम मन्त्रालयमा विभागीय प्रमुखहरुसँग मन्त्रीको नाम भजाएर चन्दा उठाएको सरोकारवालाहरुले बताएका छन् । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत आयोजना प्रमुखहरुलाई सचिव सिंहले दुहुनो गाई बनाएको खबर प्राप्त भएको छ । एकवर्षको बीचमा रकमको मोलमोलाई गर्दै शहरी तथा भवन निर्माण विभागमा पदम मैनाली ७ महिना, रामचन्द्र दंगाल २ महिना र सिंहका विश्वासपात्र सुरेन्द्र मोहन श्रेष्ठलाई निकै पापड बेलेर महानिर्देशक बनाएका सिंहले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत आयोजनामा प्राविधिक सहसचिव दिलिप भण्डारीलाई केही महिनामै हटाएर उपसचिव सुभाष बस्नेतलाई कामु बनाएर आफ्नो स्वार्थ पूर्ति गरिरहेको समाचार स्रोतले बताएको छ ।
यसबाहेक सातवटा संघीय आयोजना कार्यान्वयन इकाई र १३ वटा सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख (सिडीई) र कामु आयोजना प्रमुखहरुबाट पनि असुल उपर गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । भवन विभागको महानिर्देशन हुँदादेखि नै असुल्न पल्केका सिंहको ज्यादती अब समाप्त हुने भयो भन्दै कर्मचारीहरु हर्षित बनेका छन् ।
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





