हलोविनमा पार्टी को भागदौड, १५३ को मृ,त्यु।
रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।
झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रमण घट्यो । नियम पनि खुकुलो पारियो । इथेवनको रात्रिकालीन दैनिकी पुनः कोरोना काल अघिकै जस्तो हुनै लाग्दा भएको भागदौडमा च्यापिएर शनिबार राति १५३ जनाले ज्यान गुमाए ।
सप्ताहान्तको रमाइलो गर्दै हलोविन (भूत भगाउने मान्यतासहित मनाइने पर्व) का लागि एक लाखभन्दा बढीको भेला भएका थिए । अत्यधिक भीड बढेकाले साँघुरो ठाउँमा च्यापिएर धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा ५६ पुरुष र ९७ जना महिला छन् । घटनामा कम्तीमा २० जना विदेशीको मृ,त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा चीन र इरानका ४/४ जना, रुसका ३ तथा थाइल्यान्ड र नर्वेका १/१ जनासमेत छन् । सोलस्थित अमेरिकी दूतावासले आफ्ना दुई नागरिकको मृ,त्यु भएको जनाएको छ ।
त्यस्तै फ्रान्स, अस्ट्रेलिया, भियतनाम, उज्वेकिस्तान, कजखस्तान, अस्ट्रिया र श्रीलंकाका नागरिकले पनि ज्यान गुमाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा ४५ जनाको घ,टनास्थलमै र १०८ जनाको उपचारका क्रममा मृ,त्यु भएको हो। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। घ,टनामा गम्भीर घा,इते भएका ८२ जनाको उपचार भइरहेको छ ।
‘सोलमा हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिरको अलि फराकिलो ठाउँमा स्ट्रिट कन्सर्ट भइरहेको थियो। निकै ठूलो भीड जम्मा भएको थियो, एकाएक दुवैतिर भीड बढेर गल्लीमा रहेका मानिस च्यापिएका हुन्,’ इथेवन नजिकै रस्टुरेन्ट सञ्चालन गरेर बसेका गम्भीरमान श्रेष्ठले भने, ‘समाचार सुन्दा पनि पत्याउनै गाह्रो। पहिले–पहिले पनि भीड हुन्थ्यो। कन्सर्ट हुन्थ्यो। तर, कोरोनापछिको रात्रि जीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै व्यक्ति निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ । घ,टनापछि राष्ट्रपति युन सुक– योलले राष्ट्रिय शोक घोषणा गरेका छन् । कुनै पनि हलोविन कार्यक्रमहरू नगर्न उनले निर्देशन दिएका छन् ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





