हलोविनमा पार्टी को भागदौड, १५३ को मृ,त्यु।

रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।
झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रमण घट्यो । नियम पनि खुकुलो पारियो । इथेवनको रात्रिकालीन दैनिकी पुनः कोरोना काल अघिकै जस्तो हुनै लाग्दा भएको भागदौडमा च्यापिएर शनिबार राति १५३ जनाले ज्यान गुमाए ।
सप्ताहान्तको रमाइलो गर्दै हलोविन (भूत भगाउने मान्यतासहित मनाइने पर्व) का लागि एक लाखभन्दा बढीको भेला भएका थिए । अत्यधिक भीड बढेकाले साँघुरो ठाउँमा च्यापिएर धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा ५६ पुरुष र ९७ जना महिला छन् । घटनामा कम्तीमा २० जना विदेशीको मृ,त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा चीन र इरानका ४/४ जना, रुसका ३ तथा थाइल्यान्ड र नर्वेका १/१ जनासमेत छन् । सोलस्थित अमेरिकी दूतावासले आफ्ना दुई नागरिकको मृ,त्यु भएको जनाएको छ ।
त्यस्तै फ्रान्स, अस्ट्रेलिया, भियतनाम, उज्वेकिस्तान, कजखस्तान, अस्ट्रिया र श्रीलंकाका नागरिकले पनि ज्यान गुमाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा ४५ जनाको घ,टनास्थलमै र १०८ जनाको उपचारका क्रममा मृ,त्यु भएको हो। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। घ,टनामा गम्भीर घा,इते भएका ८२ जनाको उपचार भइरहेको छ ।
‘सोलमा हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिरको अलि फराकिलो ठाउँमा स्ट्रिट कन्सर्ट भइरहेको थियो। निकै ठूलो भीड जम्मा भएको थियो, एकाएक दुवैतिर भीड बढेर गल्लीमा रहेका मानिस च्यापिएका हुन्,’ इथेवन नजिकै रस्टुरेन्ट सञ्चालन गरेर बसेका गम्भीरमान श्रेष्ठले भने, ‘समाचार सुन्दा पनि पत्याउनै गाह्रो। पहिले–पहिले पनि भीड हुन्थ्यो। कन्सर्ट हुन्थ्यो। तर, कोरोनापछिको रात्रि जीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै व्यक्ति निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ । घ,टनापछि राष्ट्रपति युन सुक– योलले राष्ट्रिय शोक घोषणा गरेका छन् । कुनै पनि हलोविन कार्यक्रमहरू नगर्न उनले निर्देशन दिएका छन् ।
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार