होली वाइनदेखि संविधान च्यात्नेहरू समेत एमालेका उम्मेदवार बनेका छन । भोट माग्न सक्दिन – रावल
काठमाण्डाै, नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नु भएको छ ।”
काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनु भयो ।
उहाँले देशभक्त तथा देशको सार्व भौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनु भयो । उहाँले आफूले पार्टी नछाड्ने र पार्टीभित्रै बसेर निरन्तर सङ्घर्ष गरिरहने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपालको कानुन पार्टीका नीति र सिद्धान्त विपरीत उम्मेदवार उठाइएको छ। हिजोको प्रतिगामीले समेत टिकट पाएका छन ।बहोली वाइन देखि संविधान च्यात्नेजलाउनेहरू सम्म एमालेका उम्मेदवार बनेका छन्, उनीहरूका लागि मत माग्न मेरो नैतिकताले दिँदैन । देशभक्त स्वाधीनताको पक्षमा रहेका र मार्क्सवादप्रति समर्पित उम्मेदवारलाई जिताउनुहोस् मात्रै भन्न सक्छु। रावलले भन्नु भयो ।
कार्यक्रममा बोल्दै नेता रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाउने तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिएको प्रति आक्रोश व्यक्त गर्नु भयो । ”
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





