नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

काठमाडौं । नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । नयाँबानेश्वर थापागाउँमा स्थित काठमाडौं ब्याङ्क्वेटमा सम्पन्न भएको सो महाधिवेशनले संगठनको केन्द्रीय अध्यक्षमा कास्कीका शङ्कर खराल र महासचिवमा बाँकेका दीपक सुवेदीको साथमा तीस जना केन्द्रीय सदस्यहरूलाई सर्वसम्मतबाट निर्वाचित गरेको छ ।

महेश सन्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरीजी महाराजकोप्रमुख आतिथ्यता, डा।योगी चिन्तामणि, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको विशिष्ट आतिथ्यता रहेको महाधिवेशनमा देशका सबै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । ७७ वटै जिल्लामा संगठन भएको धार्मिक संस्था नेपालमा सो नेपाल सनातन धर्म संस्कृति संगठन मात्रै रहेको दाबी आयोजक संगठनका नि।वर्तमान अध्यक्ष पुष्पराज पुरुषले बताए । दुई कार्यावधि आफूले अध्यक्षता गरेर यो महाधिवेशनबाट आफूले जिम्मेवारी हस्तान्तरण गर्न पाएकोमा आफूलाई गर्व लागेको अभिव्यक्तिसमेत पुरुषले दिए ।

नेपालमा धर्मराजनीति जरुरी रहेको जिकिर गर्दै आएका सो संगठनका संस्थापक अध्यक्षसमेत रहेका पुष्पराज पुरुषले धर्मका नाममा अराजनीति हुन थालेकोले देशको राजनीतिलाई धर्मनीति अनुसार अघि बढाउन जरुरी रहेको र सोको लागि धर्मराजनीति आवश्यक परेको धारणा राखे । नेपाल हिन्दु अधिराज्य हुनुपर्छ, अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहनुपर्छ भन्ने मान्यता राख्ने सो संगठनलाई जानकारहरू राप्रपाको भातृ संगठनको रूपमा हेर्ने गर्छन् । कतिपयहरूको बुझाई र बहुमत उपस्थिति राप्रपाप्रति आस्था राख्नेहरूको रहेपनि सो महाधिवेशनमा कुनै पनि राजनीति पक्ष नलिई केवल धार्मिक अभिप्राय राखेर आउने प्रतिनिधिहरू पनि भेटिएका थिए ।

धर्मराजनीति एवं हिन्दु अधिराज्य र राजसंस्थाको पक्षमा आवाज उठाउँदै आएको सो संगठनमा विश्व हिन्दु महासंघको बरिष्ठ उपाध्यक्ष रहेका शङ्कर खराललेअध्यक्ष पदको जिम्मेवारी सम्हाल्नु र विभिन्न प्रतिष्ठित धार्मिक संघसंस्थाहरूमा महासचिवको जिम्मेवारी वहन गरिसकेका दीपक सुवेदी पुनः सो संगठनको महासचिवमा आउनुलाई आउँदा दिनमा धर्मराजनीति, हिन्दु अधिराज्य र राजसंस्था संस्थापनको मुद्दामा सो संगठनले थप भूमिका खेल्नसक्ने पर्यवेक्षकहरू बताउँछन् ।

महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै महासचिव सुवेदीले हिन्दुत्त्वको परिभाषा सबैले बुझ्न नखोज्दा धर्मको बारेमा अन्यौलता आएको बताए । सनातन धर्म मान्ने ॐकार परिवारको साझा घर हिन्दु रहेको हुनाले हिन्दुत्त्वप्रति ॐकार परिवारका वैदिक, बौद्ध, शिख, जैन, किरातलगायत सबैले अपनत्व लिनुपर्ने उनको तर्क थियो । धर्मराजनीति, राष्ट्रधर्म, हिन्दुत्त्व, राष्ट्र-राष्ट्रियता, स्वाभिमान, देश र जनताको समृद्धिको लागि अवलम्बन गर्नुपर्ने मार्ग, धर्मसंस्कृतिले रक्षा गरेको देशको मौलिकता र नागरिकहरूको पहिचान जस्ताविषयमा वास्तविक तत्त्व बुझ्नबुझाउन विशेष खालको प्रशिक्षणको आवश्यकता रहेको र त्यसको लागि संगठनले भावी कार्ययोजना तर्जुमा गर्ने महासचिवको प्रतिवेदनको आशय थियो । महाधिवशेनस्थलमा सहभागिहरूले रक्तदान पनि गरेका थिए ।

13 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि

२०८३ मंसिर ७ गते, सोमबार

यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

२०८३ मंसिर ७ गते, सोमबार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal