राष्ट्रसङ्घमा पाकिस्तानले कश्मीर मु द्दा उठाए पछि भारत द्वारा आलाेचना

२०७९ आश्विन २७ गते, बिहीबार

संयुक्तराष्ट्र सङ्घको महासभामा रुसमाथिको बहसका क्रममा पाकिस्तानले कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको आलोचना गरेको छ । भारतले पाकिस्तानको टिप्पणीलाई निरर्थक भन्दै त्यसको क डा शब्दमा आपत्ति जनाएको छ । 

रुसयुक्रेन युद्धलाई लिएर बुधवारको महासभा बैठकमा मस्को विरुद्ध प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै पाकिस्तानी कुटनीतिज्ञ मुनिर अक्रमले कश्मीरको मुद्दा उठाएपछि भारतले त्यसको प्रतिवाद गरेको हो ।  मतदानअघि मन्तव्य व्यक्त गर्दै पाकिस्तानका कुटनीतिज्ञले रुसले युक्रेनी भू–भाग कब्जा गरेझैँ भारतले पनि पाकिस्तानी भूमि कश्मीर कब्जा गरेको आरोप अप्रत्यक्षरूपमा लगाएपछि संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले भारत विरुद्ध तुच्छ एवम् व्यर्थ टिप्पणी गरिएको बताउनु भयो ।  

जम्मु र कश्मीरको सम्पूर्ण क्षेत्र भारतको अभिन्न अङ्ग हो र त्यो सधैँ भारतमा नै रहने बताउँदै उहाँले पाकिस्तानलाई सीमापार आतङ्कवाद रोक्न आह्वान गर्नु भयो ।  

संयुक्त राष्ट्र सङ्घले चार युक्रेनी क्षेत्रलाई रुसले गाभेको निन्दा गर्न प्रस्तुत गरेको प्रस्ताव माथिको मतदानका बेला अनु पस्थित रहेको भारतले राष्ट्र सङ्घका सिद्धान्तको पालना हुनु पर्नेमा जोड दिएको छ ।

बुधवार भएको मतदानमा एक सय ४३ देशले प्रस्तावको पक्षमा आफ्नो मत दिएका थिए । भारतसहित ३५, देश भने मतदानका बेला अनु पस्थित रहेका थिए । प्रस्तावको विपक्षमा ५, देशले मतदान गरेका थिए । यद्यपि भारतले युक्रेनमा नागरिक पूर्वाधारलाई निसाना बनाएर सर्व साधारणको ज्यान जाने गरी द्वन्द्व बढेकामा गहिरो चिन्ता व्यक्त गरेको छ । 

युक्रेनयुद्ध तत्काल अन्त्य हुनुपर्ने तथा त्यस निम्ति वार्ता र कुटनीतिको बाटोमा सम्बद्ध पक्ष अग्रसर हुनुपर्नेमा पनि भारतले जोड दिएको छ । ‘तत्काल युद्धविराम र द्वन्द्वको समाधान गर्न शान्ति वार्ताको शीघ्र पुन सुरुवातका लागि इमानदार प्रयास हुनु पर्छ ।तनाव कम गर्ने उद्देश्यले हुने सबै प्रयासलाई भारत समर्थन गर्न तयार छ । भारतीय स्थायी प्रतिनिधिले भन्नु भयो । 

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal